१४औँ अन्तर्राष्ट्रिय म्हाणी दुङसुर बुद्ध गयामा सम्पन्न हुने

१४औँ अन्तर्राष्ट्रिय म्हाणी दुङसुर बुद्ध गयामा सम्पन्न हुने


कालचिनीः प्रत्येक वर्ष सरह बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल बुद्ध गयामा म्हाणी जप कार्यक्रम सम्पन्न हुँदै आइरहेको क्रममा आगामी १५ जनवरीदेखि १९ जनवरीसम्म अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको आयोजनामा १४औँ अन्तर्राष्ट्रिय म्हाणी दुङसुर (म्हाणी जप) कार्यक्रम सम्पन्न हुने जानकारी अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको महासचिव तथा धर्मगुरु आचार्य साङ्गे छोपेलले दिएका छन्।
आइतबार हेमिल्टनगञ्ज धर्मचक्र बुद्धिस्ट मोनास्ट्रीमा सम्पन्न संघको सभामा धार्मिक चर्चा र मोलम पश्चात उक्त जानकारी गराइएको हो। संघको वयोवृद्ध केन्द्रिय सदस्य रुलु लामाको अध्यक्षतामा सम्पन्न सो सभामा संघको महासचिव तथा धर्मगुरु आचार्य साङ्गे छोपेललगायत एसएम ब्लोन, विधान लामा, राजेन लामा, जेठा थिङ, राजकुमार गुरुङ, साङ्गे ठिनले, डुबला ढोन्डुप, सिकास लामा, बादल पाख्रिन र आनन्द लामा एवम् अन्यान्यको उपस्थिति रहेको थियो। सभामा अन्तर्राष्ट्रिय म्हाणी दुङसुर म्हाणी जप कार्यक्रमको रुपरेखा तयार भएको र जनवरी १३ मा बुद्ध गया प्रस्थान हुने त्यसपश्चात १५ जनवरीदेखि १९ जनवरीसम्म म्हाणी दुङसुर कार्यक्रम संघको अध्यक्ष तथा मूल धर्मगुरु ख्येन रिन्पोर्चे साङ्गे ल्हुडोको पवित्र सान्निध्यमा सम्पन्न हुने बताइएको छ।

याे पनि हेर्नुस्


AMAZON

FLITE For Women

FLITE Flip Flop FL-430 For Women

Buy Now

Leave a comment