१६ फूट लामो अजिङ्गर उद्धार

कालचिनीः आज बिहान प्रायः १० बजे राजाभातखावाको गारो बस्ती निवासी विकास छेत्रीको घर नजीकबाट एउटा १६ फूट लामो अजिङ्गर बन विभागले उद्धार गरेका छन्। अजिङ्गर देख्दा विकास छेत्रीको परिवार सदस्यहरू आत्तिएको थियो भने गाउँलेहरू सबै उक्त अजिङ्गर हेर्न जमा भएको थियो।
गाउँलेहरूले यसको जानकारी स्थानीय राजाभातखावा रेञ्जलाई दिएपछि बनकर्मीहरू आएर उक्त अजिङ्गरलाई उद्धार गरेर फलामे पिञ्जडामा हाल्न सफल भएको थियो। सकुशल उद्धार भएको अजिङ्गरलाई यसको प्राकृतिक वासस्थान कोर क्षेत्रमा लगेर छोडेको वन विभागले जनाएका छन्।

याे पनि हेर्नुस्


add

Leave a comment