५ वटा टोक्केसँगै एकजना पक्राउ

कालचिनीः एसएसबी ५३औँ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधीनस्थ पर्ने भारत भोटाङ सीमान्त जयगाउँ बीओपीका एसएसबी जवानहरूले तोर्षा चियाबारी मोड क्षेत्रमा पेट्रोलिङ गरिरहेको समय एकजना सन्दिग्ध युवकलाई रोकेर जाँच गर्दा ५ वटा टोक्के बरामद गरेको एसएसबी सुत्रले जनाएका छन्।
५ वटा टोक्केसहित पक्रा परेका उक्त ३५ वर्षीय युवकको नाम नखोलाएता पनि उक्त युवक जयगाउँ गुवाबारी बासिन्दा रहेको बताइएको छ। उद्धार गरिएको टोक्के र युवकलाई नीलपाडा रेञ्जको वन विभागलाई सुपुर्दगी गरेको एसएसबी सुत्रले जनाएका छन्।

Leave a comment