एडोन रोङ्गोङको निधनमा डुवर्सबाट शोक प्रकट

डुवर्सको प्रतिष्ठित संस्था बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले एडोन रोङ्गोङको निधनमा शोक व्यक्त गरे


बाग्राकोट: वरिष्ठ साहित्यकार एडोन रोङ्गोङको निधनमा डुवर्सका साहित्यिक सङ्घ-संस्थाहरूले गहिरो शोक प्रकट गरेका छन्।
डुवर्सको प्रतिष्ठित संस्था बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले रोङ्गोङको निधनमा शोक व्यक्त गरेको छ। प्रतिष्ठानका मूल सचिव रूपेश शर्माले विभिन्न अवसरहरूमा रोङ्गोङले प्रतिष्ठानका कार्यक्रमहरूमा मञ्चमा अतिथि भएर गरिमा बढाएको स्मरण ताजा गर्दै भने,”हामीले एक मृदुभाषी, समर्पित र साहित्यका अथक साधकलाई गुमाएका छौँ। प्रत्येक वर्षको जनवरी महिनामा बाग्राकोटमा आयोजन हुने बद्रीनारायण प्रधान जयन्ती तथा पुरस्कार अलङ्करण समारोहमा उनको आत्मीय सहभागिताले कार्यक्रमको गरिमा बढ्दथ्यो। हामीले बिर्सिइसकेका इतिहासका कुराहरूलाई उनले ताजा बनाउँथे। उनको निधनमा प्रतिष्ठानका सदस्यहरू अत्यन्त दु:खित् छौँ।” नेपाली साहित्यले एक प्रतिबद्ध साहित्यिक हस्ती गुमाएको शर्माले बताए। यसैगरी, डुवर्सको माउ संस्था डुवर्स नेपाली साहित्य विकास समितिले रोङ्गोङको निधनमा शोक प्रकट गरेको छ। समितिका महासचिव रविन खवासले डुवर्सप्रति रोङ्गोङको हार्दिकता र आत्मीयपनको सम्झना गरे। “लोकप्रियता, पुरस्कार र प्रचारहरूका मोह नराखी एकमनले निरन्तर साहित्य साधना गरिरहने लेखकको निधनको समाचार सुन्नपर्दा मन खिन्न भएको छ। नरबहादुर दाहालपछि हामीले फेरि एक विशिष्ट साहित्यिक हस्तीलाई गुमाउनु परेको छ, जो हाम्रो निम्ति ठूलो क्षति हो।” खवासले सम्पूर्ण डुवर्सको पक्षबाट उनीप्रति श्रद्धाञ्जली अर्पण गरे। यसैगरी, पछिल्लो अढाई दशकदेखि सक्रिय साहित्यिक संस्था ‘साहित्य परिक्रमा’-ले पनि साहित्यकार एडोन रोङ्गोङको निधनमा शोक जताएको छ।

याे पनि हेर्नुस्

Amazon

CrossBeats Newly Launched Intenz True Wireless TWS in-Ear Earbuds

CrossBeats Newly Launched Intenz True Wireless TWS in-Ear Earbuds, Upto 100H Playtime, 13mm Titanium Drivers, Slimmest Buds with Advanced AI ENC 4-Mics, Low Latency Gaming, Type-C Fast Charging,BT 5.3

Buy Now

Leave a comment