दिनमा ३० मिनेटको व्यायामले धेरै रोगहरुबाट बचाउँछ

के तपाईलाई थाहा छ हरेक दिन ३० मिनेटको व्यायामले तपाईलाई धेरै रोगहरुबाट कसरी बचाउँछ ?

डुवर्स : अमेरिकन मेडिकल एसोसिएशनको जर्नलमा प्रकाशित हार्वर्ड स्कूल अफ पब्लिक हेल्थ विशेषज्ञ फ्रान्खुद्वारा गरिएको एक अनुसन्धान अनुसार हरेक दिन ३० मिनेटको व्यायाम वा आधा घण्टा हिँड्दा महिलामा पक्षाघात हुने सम्भावना कम हुन्छ। फ्रान्खुका अनुसार महिलाले जति धेरै व्यायाम गर्छिन्, उनको पक्षघातको सम्भावना त्यति नै कम हुन्छ । व्यायामले उच्च रक्तचाप घटाउँछ र राम्रो कोलेस्ट्रोल (उच्च घनत्व लिपोप्रोटिन) बढाउँछ। तौल घटाउन र तौल नियन्त्रण गर्न पनि व्यायाम प्रभावकारी हुन्छ ।

दिन ३० मिनेटको व्यायाम
दिनमा ३० मिनेटको व्यायाम

बोस्टनको महिला अस्पतालका विज्ञहरूले गरेको अर्को अनुसन्धानका अनुसार हिड्ने, दौडने, पौडी खेल्ने जस्ता हल्का व्यायामले महिलामा हृदयाघातको सम्भावना कम गर्छ।अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित यो अनुसन्धानले हरेक दिन ३० मिनेट हल्का व्यायाम गर्ने महिलामा व्यायाम नगर्ने महिलाको तुलनामा स्ट्रोकको जोखिम २० प्रतिशत कम रहेको पाइएको छ । यसअघि भएका अन्य धेरै अनुसन्धानले पनि व्यायामले मुटुसम्बन्धी रोग, मधुमेह, ओस्टियोपोरोसिस र धेरै प्रकारका क्यान्सरको सम्भावनालाई कम गर्ने कुरालाई उजागर गरेको छ, त्यसैले यस्ता गम्भीर रोगहरूबाट बच्न मानिसले दिनमा ३० मिनेट सजिलै निकाल्न सक्छ।

याे पनि हेरनुस्

Leave a comment