खुट्टा काट्नु परे पनि बिरामी स्वस्थ्य भएर घर फर्किए


दलसिंहपाडाः दलसिंहपाडा गोठ डाडा निवासी राना डेको विगत केही दिनदेखि खुट्टामा इनफेक्सन भएर सिकिस्त अवस्थामा रहेको थिए। सो अवस्था देखेर जयगाउँका समाजसेवी नवीन के. छेत्री अघि आएका छन् । जसको साथ सहयोगमा बिरामी राना डेलाई सिक्किमको राजधानी गान्तोक स्थित एस.टि.एन.एम. अस्पतालमा लगभग डेड महिना राखेर खुट्टाको सफलतापूर्वक सल्यक्रिया गरी घर ल्याइपुऱ्याएको छ । इनफेक्सन भएको कारण खुट्टा काट्नु परेको थियो ।


नवीन दादा नभइदिएको भए त मेरो सिउँदो नै खाली हुने थियो । नवीन दादा मेरो भगवान नै हुन् उहाँलाई कहिले पनि रोग नलागोस् । सधै स्वास्थ्य रहोस् भगवानसँग सदैव प्रार्थना गर्दाछु भनि बिरामीको श्रीमती नन्दकुमारी छेत्रीले रुँदै भनिन् । यस्तो असहय र बिरामीहरूलाई सहयोग गर्न पाउँदा आफैलाई भाग्यशाली सम्झन्छु । उहाँलाई सफल रुपमा उपचार गर्न मलाई पनि धेरै साथ सहयोग प्राप्त भएको छ। मनु प्रधान, कुमारी लामा डाडागाउँ जयगाउँ, सिधार्थ सिंह जयगाउँ हाल काठमाडौँ, बासु राई, दार्जीलिङले मलाई उपचार गर्नुमा धेरै सहयोग गरेका छन् । त्यसै प्रकारले एस.टि.एन.एम. अस्पताल सिक्किमका डाक्टर साथै नर्सिङ स्टापहरूले पनि मलाई सहयोग गरेका थिए जसले गर्दा आज बिरामी निको पार्न सफल भयौँ । अझै बिरामीको छोरा पनि बिरामाी रहेको छ । त्यो नानीलाई पनि उपचार गर्ने छु भनि जयगाउँका समाजसेवी नवीन के. छेत्रीले जानकारी गराएका छन्।

Leave a comment