महीनाव्यापी सागा दावाको विधिवत समापन

कालचिनीः बुद्ध पूर्णिमाको विधिवत पूजनसितै गत ९ मईको दिनदेखि शुरु भएको सागा दावाको एक महीनाव्यापी व्रत एवम् न्युङ्नेको समापन बिहीबार पेमा छोई फेलिङ मोनास्ट्रीमा विधिवत ढङ्गमा लामा गुरुजनको पवित्र मोलम पाठ अनि होम हवन एवम् बौद्ध धर्मगुरु ख्येन रिन्पोर्चे आचार्य साङ्ग्ये लोडोको पावन उपस्थिति र तिनको करतकमलबाट वाङ अभिषेकसँगै समापन भयो।
मेचपाडा ८ नम्बरस्थित पेमा छोई फेलिङ मोनास्ट्रीमा बुद्ध पूर्णिमा अघि ९ जुनदेखि नै सागा दावाको व्रत एवम् पाठ चलिरहेको थियो भने प्रायः ८० जना उपासक उपासिकाहरूले सागा दावाको उपास लिएर बसेको थियो।


प्रत्येक बिहान र साँझ गुम्बामा व्रत बसेका उपासक उपासिकाहरूले नियमित बज्रसत्वको पाठ र म्हाणी मोलम गर्दै आइरहेको थियो भने बिहीबार एक महीना सागा दावाको व्रतको विधिवत समापन अखिल भारतीय महायान बौद्ध म्हाणीपा सङ्घको अध्यक्ष तथा बौद्ध धर्मगुरु ख्येन रिन्पोर्चे आचार्य साङ्ग्ये लोडोको उपस्थितिमा धर्म प्रवचन अनि वाङ अभिषेकसँगै समापन भएको पेमा छोई फेलिङ मोनास्ट्रीका सचिव राजमान बम्जनले जनाएका छन्।


बौद्ध धर्मको पवित्र सागा दावाको अवसरमा गुम्बामा धेरै पूजा पाठ सम्पन्न हुँदै आइरहेको र बिहीबार यसको विधिवत समापनको अवसरमा धर्मगुरु ख्येन रिन्पोर्चे आचार्य साङ्ग्ये लोडोको पावन उपस्थिति एवम् तिनको वाङ प्रवचन र प्रसाद वितरण भएको पेमा छोई फेलिङ मोनास्ट्रीका अध्यक्ष कपूर तामाङ, सचिव राजमान बम्जन र कोषाध्यक्ष विकास गुरुङले थप जनाएका छन्।

Leave a comment