कालचिनीः शुक्रवार अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा “आफू र समाजका लागि योग” भन्ने मूल नाराका साथ ५३औँ बाहिनी सशस्त्र सीमा बल सिम्लाबारी-फालाकाटाका सबै सीमा चौकीका सैनिकहरूले योगका विभिन्न आसन तथा प्राणायाम गराए। अन्तर्राष्ट्रिय योग दिवस–२०२४ को अवसरमा बटालियन मुख्यालयको प्राङ्गणमा १७ औँ बाहिनी सशस्त्र सीमाका कमाण्डेन्ट विजय सिंहले योग अभ्यास गरेका थिए।
यस अवसरमा एसएसबी १७ औँ वाहिनी कमाण्डेन्ट सञ्जय त्रिपाठी एवम् दुबै वाहिनीका सम्पूर्ण अधिकृत तथा सैनिक, सन्दीक्षा सदस्य, विद्यालयका बालबालिका तथा स्थानीय स्वयंसेवी संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो।