निवेदन

निवेदन

ज्ञानलाल दर्नाल
ज्ञानलाल दर्नाल

कवि तिम्रो जन्मजयन्ती
रमाइलो साँझमा
आउ न फेरि हे काव्यदाता
हामी माझमा।


गाँसेका थियो एकसूत्री माला
छरपस्ट हुँदैछ
रचित तिम्रा अमूल्य कृति
कुनामा रूँदै छ।


निखोज शब्द बटुली हिँड्दा
परे बैशाखी साँझमा
आउ न फेरि हे भानु तिमी
हामी माझमा ।


एकसूत्र हुने शाब्दिक शङ्ख
एकपल्ट बजाइदेऊ
छुटिरहेछौँ दाजु र भाइ
आएर मिलाई देऊ ।


किन? यस्तो नसोध यहाँ
पर्नेछौ लाजमा
आउ न फेरि हे भानु तिमी
हामी माझमा।


नीर बिनाको नयन सरह
खडेरी माझ भाषा
कसले सँगाल्ने भँङ्गालो यहाँ
परसम्म देखिँदैन आशा
चेतनाको मुल फुटाई
छरिदेउ सागरमा
आउ न फेरि हे भानु तिमी
हामी माझमा।


कालचिनी, डुवर्स

याे पनि हेर्नुस्


Leave a comment