अमृत

अमृत


आशा लिङ्देन
आशा लिङ्देन

भानुभक्त नाम नै काफि छ साहित्य जगतलाई ज्योति देखाउनलाई
पाइला कसरी चाल्ने हो घाँसीदेखि रामायणसम्म पुग्नलाई ।


तिमी सुन्दर तारा जस्तै हौ
अँध्यारो रातमा पनि टिलपिल गर्नलाई
तिमी त्यो अनन्त ज्योति हौ
नेपालीको मनमा अमृत बनी घुल्नलाई ।


तिमी पानी हौ यसैले प्यासीको प्यास मेट्छौ,
साहित्यको सागरमा सबैलाई तिमीले आनन्दमा डुबाउँछौ,
शब्द शब्द र छन्द-छन्दको माला बुनेर
हरेक नेपालीका गलामा सजाउँ छौ ।


अमर छौ भानु तिमी, तिम्रा कृतिहरू महान हुन्
समाजका अन्धोपनलाईहरूलाई हटाउन
तिम्रा कृतिहरू अमृत तुल्य छन्।


तिमी हाम्रा आदिकवि हौ अन्त कहिल्यै नहुने
हरक्षण् यो तनमा धड्किने
तिमी हामी सबैका मुटुको धड्कन अनि प्राण हौ।


रिम्बिक, दार्जिलिङ

याे पनि हेर्नुस्


Leave a comment