स्वर्ण जयन्तीको कार्यक्रम अन्तर्गत भानु स्मरण दिवस पालन

स्वर्ण जयन्तीको कार्यक्रम अन्तर्गत भानु स्मरण दिवस पालन


कालचिनीः कालचिनी खण्डको डिमास्थित शङ्कर नेपाली उच्च माध्यमिक विद्यालयमा मङ्गलवार स्कूलको स्वर्ण जयन्ती कार्यक्रम अन्तर्गत भानु स्मरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो। स्कूलका विद्यार्थीहरूको पहलमा अनि शिक्षकगणको दिशानिर्देशमा २१०औँ भानु जयन्ती पालन गत १३ जुलाईको दिन पनि गरिएको थियो भने स्कूलको स्वर्ण जयन्ती वर्ष चलिरहेको क्रममा आज भानु स्मरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको स्कूलका शिक्षक प्रभारी सुवान सिंह नौबाग र सहशिक्षक अबीर खालिङले जनाएका छन्।


सो अवसरमा कविता वाचन् नेपाली गीत र नृत्य प्रस्तुत विद्यार्थीहरूद्वारा गरिएको थियो भने कार्यक्रमलाई सफल बनाउन सक्रियताको साथ स्कूलका भारप्राप्त शिक्षक प्रभारी सुवान सिंह नौबागलगायत स्कूलका सहशिक्षकहरू अबीर खालिङ, श्याम प्रधान, सुरज उपाध्याय, दीप लामा, पर्बत छेत्री, विष्णु तामाङ, लिली थापा, सङ्गीता थापा, लासाङ लामा, सुनिता प्रधान, बेञ्जी लामा, पिङ्की छेत्री, शम्भु शर्मा, रमेश लोहागुण, निलेश गुरुङ, कन्हैया मिश्रा, किस्नु ब्राह्मण र दिपेन लामाले भूमिका निर्वाह गरेको थियो। विगत ३० जनवरीको दिन शङ्कर नेपाली उच्चमाध्यामिक विद्यालयमा स्कूलको स्वर्ण जयन्तीको शुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो भने आगामी एक वर्षसम्म स्वर्ण जयन्तीलाई विभिन्न कार्यक्रम मार्फत पालन गर्दै लैजाने केही महीनाभित्रै स्वर्ण जयन्तीको भव्य समापन कार्यक्रम गरिने स्कूलले तय गरेको शिक्षक प्रभारी सुवान सिंह नौबागले जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment