भारत भोटाङ सीमा चौकीमा एसएसबीद्वारा झण्डा उत्तोलन
कालचिनीः ७८औँ स्वतन्त्रता दिवसको शुभअवसरमा एसएसबी ५३ वाहिनीको कार्यक्षेत्रमा रहेको भारत–भोटाङ सीमामा रहेको जयगाउँ मुख्यालय र बाह्य सीमा चोकमा फिल्ड हेडक्वार्टर जलपाइगढीका उपमहानिरीक्षक ऋषिकेश शर्माले राष्ट्रिय झण्डा उत्तोलन गरेको थियो। हस्तान्तरण गर्नुभएको थियो। उक्त अवसरमा एसएसबी ५३ वाहिनीका द्वितीय कमान्डेन्ट धीरज कुमार, सहायक कमान्डेन्ट हर्षित रत्न एवम् जयगाउँ बीओपीका सहायक कमाण्डर र अन्य बल कर्मचारीहरू उपस्थित रहेको थियो।
यसै क्रममा एसएसबीका उपमहानिरीक्षक मुख्यालय एच.एन.एस. बिष्टले भारत-भोटाङ गेट संलग्न सञ्चालित गतिविधिहरूको निरीक्षण पनि गरेको थियो। यता एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय परिसरमा कमाण्डेन्ट विजय सिंहले राष्ट्रिय झण्डा फहराउनुका साथै महानिर्देशक, फोर्स हेडक्वार्टर, एसएसबी नयाँ दिल्लीले सम्बोधन गरेको वार्तालाई सैनिकहरू र सबै अधिकारीहरू र कर्मचारीहरू र उनीहरूका परिवारहरूका बीचमा पढेर सुनाएको थियो। ७८औँ स्वतन्त्रता दिवसको अवसरमा सेकेन्ड इन कमाण्ड अर्कोतिर एसएसबी अधिकारी धीरज कुमारले भारत–भोटाङ प्रमुख व्यापार तथा परिवहन मार्गमा झण्डा फहराउँदै भोटाङको प्रतिनिधिमण्डललाई मिठाई प्रदान गरेका थिए।