हेमिल्टनञ्ज दुर्गा मल्ल चोकमा बलिदान दिवस पालन

हेमिल्टनञ्ज दुर्गा मल्ल चोकमा बलिदान दिवस पालन

कालचिनी : हेमिल्टनगञ्ज दुर्गा मल्ल चोकमा सहिद मेजर दुर्गा मल्ल सालिक संरक्षक समिति साथै भारतीय गोर्खा परिसंघ दिशा निर्देशनमा ८१औँ बलिदान दिवस पालन गऱ्यो । बलिदान दिवस कार्यक्रमका प्रमुख अतिथिको रूपमा अलिपुरद्वार जिल्ला न्यायधिस विभुती खेसाङ रहेका थिए । कार्यक्रमको शुरुवात सहिद मेजर दुर्गा मल्लको सालिकमा पुष्पार्पण साथै प्रमुख अतिथिको बाहुलीबाट राष्ट्रिय झण्ड उत्तोलन गरी भएको थियो भने सालिकको छेवैमा भारतीय गोर्खा परिसंघको झण्डा मेजर सुकवीर सुब्बाले उत्तोलन गरे । भारतीय राष्ट्रिय झण्डा र भारतीय गोर्खा परिसंघमा झण्डा उत्तोलनपछि राष्ट्रिय गान र परिसंघ गीत पनि गाएका थिए । कार्यक्रमको दोस्रो सत्रमा अतिथिहरूलाई मञ्चमा आसन गराइ शुरुवात गरेका थिए भने कार्यक्रमको दोस्रो सत्रमा समाजसेवी पवन याल्मो र दलसिंपाडाका समाजसेवी साथै फुटबल खेलाडी उत्तम थापालाई प्रमुख अतिथि अलिपुरद्वारका न्यायधिस विभूती खेसाङको बाहुलीबाट सम्मान पत्र प्रदान गरेका थिए।


भारतको सर्वाङ्गीन विकासमा हामी जस्तो स्थानमा छौँ, जुन स्तरमा छौँ त्यही आ–आफ्नो स्थानमा रहेर काम गरे पूर्ण भारत स्वतन्त्रता र विकास हुनेछ भनि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि न्यायधिस विभूती खेसाङले राखे ।

यस बलिदान दिवस कार्यक्रम समारोहमा डुवर्समा गन्यमान्य व्यक्तिहरूको बहुल उपस्थिति रहेको थियो भने कार्यक्रमलाई सञ्चालन अनिल थापाले गरेका थिए । कार्यक्रममा डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ट, मेजर सुकवीर सुब्बा, इन्द्रबहादुर बस्नेत, कृष्ण योञ्जन, विनोद मोक्तन, अशबहादुर लिम्बू, सागर राई देवन, लक्पा लामा, ललित न्यासूर, विनाेद सुब्बा, प्रशान्त थुलुङ, आदिकाे उपस्थित रहेका थियाे ।

याे पनि हेर्नुस्


Amazon

Board Multi Outlet Electrical Switch Board

Anchor Extension Board Multi Outlet Electrical Switch Board with 3 Anchor Sockets 5 Amp and 3 Anchor Switches (5Amp) 1.5 Mtr Long Cable with Anchor Top, Power Strip Surge Protector (240 volts)

Buy Now

Leave a comment