असहाय महिलाको उपचार गर्न अघि आए समाजसेवी नवीन के.छेत्री

असहाय महिलाको उपचार गर्न अघि आए समाजसेवी नवीन के. छेत्री


दलसिंहपाडा : दलसिंहपाडास्थित महुवा चिया बगान निवासी अनिता सौताल तुर्सा खोलामा गिटी कुट्ने क्रममा ढुङ्गाको चोइटा उछिटिएर आँखामा लाग्दा केही दिनदेखि बिरामी अवस्थामा थिए । घरको आर्थिक अवस्था कम्जोर रहेको कारण समयमा उपचार गर्न नसक्दा शोभा सुब्बा लगायत गाउँलेले आँखा उपचारका निम्ति नेपालसम्म पुर्याए तर उपचार गर्न ढिलो भएको कारण डाक्टरले अब आँखाको उपचार हुन नसक्ने बताएपछि घरमा नै फर्काइ ल्याएका थिए । त्यसै असहाय बिमारीको उपचार गर्न जयगाउँका समाजसेवी नवीन के. छेत्री अघि आएका छन् ।


हामी बिमारीको घरमा गएर हेर्यौ र सिलगढी हस्पिटल लिएर गयौँ । त्यहाँ डाक्टरले छिटो अपरेसन गर्न सके राम्रो हुने र यदी ढिलो गरे भने बिरामीको आँखाबाट रगत निस्किए मृत्यु हुने बताएको छ । हामी बिमारीलाई गान्तोकमा रहको एस. टि. एन.एम. हस्पिटल उपचारका निम्ति सोमबार लिएर जाँदैछौँ । गाउँको पञ्चायत सदस्य मनबहादुर सुब्बाको उपस्थितिमा नै हामी बिमारीको उपचार गर्ने निर्णय लिएका छौँ भनि समाजसेवी नवीन के. छत्रीले जानकारी दिएका छन् ।
आँखाका बिमारी अनिता सौतल र रानाडेसँगै अरु दुईचार जाना बिमारीलाई लिएर पनि उपचारका निम्ति गान्तोक हस्पिटल लिएर जाने जानकारी प्राप्त भएको छ । दलसिंहपाडा महुवा चिया बगानमा बिमारीलाई हेर्न कालचिनी खण्डका भाइस चियारम्येन नितु राना पनि उपस्थित रहेका थिए ।

याे पनि हेर्नुस्


AMAZON

Women’s Cotton Printed Kurta

rytras Women’s Cotton Printed Straight Kurta

Buy Now

Leave a comment