पीआईबी, कोलकाताद्वारा अलिपद्वार जिल्लामा एक दिवसीय मिडिया कार्यशाला “वार्तालाप” आयोजित

पीआईबी, कोलकाताद्वारा अलिपद्वार जिल्लामा एक दिवसीय मिडिया कार्यशाला “वार्तालाप” आयोजित।

कालचिनी : डुवर्सको अलिपुरद्वार जिल्लामा कार्यरत पत्रकारहरू र सरकारबीच प्रत्यक्ष अन्तरसम्बन्ध निर्माण गर्न प्रेस इन्फर्मेशन ब्यूरो (पीआईबी) कलकत्ता, सूचना तथा प्रसारण मन्त्रालय, भारत सरकारले अलिपुरद्वारको होटल डुवर्स माउन्टेनमा मिडिया कार्यशाला “वार्तालाप” को आयोजना गऱ्यो। उक्त कार्यशालाको उद्घाटन सांसद मनोज तिग्गाले गरेका थिए भने कार्यशालामा अनुसूचित जाति, अनुसूचित जनजाति र सीमान्तकृत वर्गहरूको उत्थानका लागि विभिन्न कल्याणकारी योजनाहरू हाइलाइट गरिएको थियो।

कार्यशालाको उद्देश्य केन्द्र सरकारले चालेका कल्याणकारी उपायहरूका बारेमा मिडिया मार्फत आम जनतालाई जानकारी गराउनु रहेको बताउँदै रेड्डीले पत्रकारहरूलाई जनताको कल्याणको लागि चलाइएका धेरै केन्द्रीय प्रायोजित योजनाहरूको प्रभाव हेर्न आग्रह गरे। तिनले पीआईबी र सीबीसीको भूमिका र महत्त्वको बारेमा दर्शाउँदै पत्रकारहरूले केन्द्रीय सरकारको मिडिया एकाइहरूद्वारा प्रदान गरिएको जानकारीको अधिकतम उपयोग गर्नु पर्नेमाथि बल दिएको थियो। पीआईबी पूर्वान्चलका अतिरिक्त महानिदेशक एस.एन. चौधरीले पनि पत्रकार हितका लागि मन्त्रालयले चालेका विभिन्न पहलबारे प्रकाश पारेको थियो। तिनले एलएमडी र नाबार्डका अधिकारीहरूले जिल्लामा एसएमएसईको उत्थानका लागि हाइलाइट गरिएका योजनाहरूको प्रशंसा गरे। कार्यक्रमको सञ्चालक पीआईबी कोलकाताका उपनिर्देशक (मिडिया एण्ड कम्युनिकेशन) अरिजित चक्रवर्तीले आफ्नो स्वागत मन्तव्यमा कार्यशाला आयोजना गर्न सहयोग गरेकोमा सञ्चारकर्मीलाई धन्यवाद दिए। कार्यशालामा प्रेस रजिस्ट्रार राजित चन्द्रनले प्रेस रजिस्ट्रार जनरल अफ इन्डिया (पीआरजीआई) को भूमिका र महत्त्वबारे पावर प्वाइन्ट प्रस्तुतीकरण दिँदै पत्रकारहरुका विभिन्न पक्षका जिज्ञासाहरूको पनि जवाफ दिएको थियो। पावर प्वाइन्ट प्रस्तुतीकरणको सहयोगमा पीआईबीको प्रेस विज्ञप्ति, फोटो, सूचना ग्राफिक्स र अन्य मिडिया सामग्रीहरू कसरी पीआईबीको वेबसाइट, फेसबुक पेज र बंगलामा तथा अन्य भाषाहरूमा ट्वीटर ह्यान्डलबाट सिधै प्राप्त गर्न सकिन्छ भनेर पनि व्याख्या गरिएको थियो। मल्टिमिडिया पत्रकार जयदीप दासगुप्ताले फेक न्युजको बारेमा र त्यसको पर्दाफास गर्ने बिभिन्न उपायहरूको चर्चा गर्दै तिनले नवीनतम, नि:शुल्क अनलाइन उपकरणहरू र पत्रकारहरूले समाचार कथाहरू फेला पार्न, कल्पना गर्न र बताउन प्रयोग गर्न सक्ने कार्यप्रवाहहरूको एक सिंहावलोकन प्रस्तुत गरेको थियो। उनले कार्यशालामा कथा कथन सुधार गर्न अनलाइन समाचार प्रचलनहरू र भिजुअलाइजेशन उपकरणहरूको खोजी र निगरानीमा पनि ध्यान केन्द्रित गराएका थिए।

कार्यक्रममा उपस्थित सेन्ट्रल ब्याङ्क अफ इन्डिया, लीड डिस्ट्रिक्ट म्यानेजर अलिपुरद्वारका लिपिका रोय र नाबार्डका जिल्ला विकास प्रबन्धक जयन्त ठोकदारले केन्द्रीय सरकारले पीएमईजीपी, महिलाका लागि स्ट्यान्ड अप इण्डिया योजना जस्ता विभिन्न ब्याङ्किङ र सामाजिक कल्याणकारी योजनाहरूबारे जानकारी दिएको थियो भने एसएचजी, राष्ट्रिय आजीविका मिशन (एनएलएम), पीएमजेडीवाई, पीएमएवाई, पीएमएसबीवाई, पीएमएमवाई, पीएमजेजेवाई, किसान क्रेडिट कार्ड, मुद्रा योजना, कोल्ड स्टोरेज निर्माणको लागि ऋण, अटल पेन्सन योजना, वरिष्ठ नागरिक बचत योजना, सुकन्या समृद्धि योजनाका धेरै ऋण योजनाहरू रहेको र उनीहरूले सम्भावित लिङ्क क्रेडिट योजना, किसान र कारीगरहरूको लागि माइक्रो फाइनान्स, कृषि मार्केटिङ पूर्वाधार, किसान क्रेडिट कार्ड, ग्रामीण पूर्वाधार विकास कोष (आरआईडीएफ), एसएचजी प्रशिक्षण, आदिमाथि पनि चर्चा गरे्को थियो। कार्यक्रमको अन्तरक्रियात्मक सत्रमा पत्रकारहरूले आफ्नो दैनिक कामकाजमा देखिएका चिन्ता र समस्याहरू साझा गरेको थियो भने अरिजीत चक्रवर्तीले पत्रकारहरुका विभिन्न पक्षका जिज्ञासाहरुको जवाफ दिएको थियो।

कार्यक्रमको अन्तिम चरणमा अलिपुरद्वार जिल्लाका दुई ज्येष्ठ पत्रकार रमेन दे र सुजित रोयलाई यस अवसरमा पीआईबीद्वारा जिल्लाको पत्रकारिताको सुधारमा योगदान पुर्‍याएकोमा सम्मान गरिएको थियो। अन्ततः कार्यशालामा सहभागी पत्रकारहरूलाई पीआईबीद्वारा प्रदत्त प्रमाणपत्र पनि वितरण गरिएको थियो।

याे पनि हेर्नुस्


AMAZON

Women’s Printed Kurta

GoSriKi Women’s Rayon Blend Bandhani Printed Straight Kurta with Pant & Dupatta

Buy Now

Leave a comment