प्राथमिक विद्यालयका शिक्षकहरूलाई लिएर समीक्षा बैठक

प्राथमिक विद्यालयका शिक्षकहरूलाई लिएर समीक्षा बैठक।


कालचिनी : अलिपुरद्वार जिल्लाको ६ वटै ब्लकका सर्कलको विभिन्न स्कूलहरूमा सेवारत प्राथमिक शिक्षक अनि नवनियुक्त प्रधानाध्यापकहरूलाई लिएर जिल्ला प्राथमिक स्कूल पर्षद र जिल्ला स्कूल निरीक्षकको आयोजनामा समीक्षा बैठक चलिरहेको क्रममा शुक्रबार कालचिनी सर्कलमा पनि शिक्षकहरूको समीक्षा बैठक सम्पन्न भएको जानकारी अलिपुरद्वार डीपीएससी चेयरम्यान परितोष बर्मनले दिएका छन्।


शुक्रबार अपारन्ह समय ३.३० बजे हेमिल्टनगञ्जस्थित बोर्ड फ्री प्राइमरी स्कूलमा सम्पन्न सो समीक्षा बैठकमा डीपीएससी चेयरम्यान परितोष बर्मन, अलिपुरद्वार डीआई सुजीत सरकार,एआई सरबानी दत्ता, कालचिनी सर्कलको एसआई देवाञ्जना चौधरी एवम् अन्यान्यको उपस्थिति रहेको थियो। कालचिनी सर्कलको सेवारत प्राथमिक शिक्षक अनि प्रधान शिक्षक तथा नवनियुक्त प्रधानाध्यापकहरूसँग परिचय आदान प्रदान एवम् स्कूलको शिक्षा व्यवस्थालाई अझै उन्नत गरेर लैजाने दिशामा कसरी काम गर्नु पर्छ सो सम्बन्धमा जानकारी आदान प्रदान गर्नलाई नै यो समीक्षा बैठक चलेको बताइएको छ।
समीक्षा बैठकमा उपस्थित शिक्षकहरूलाई नयाँ शिक्षा नीति अनुरूप वैज्ञानिक ढाँचामा बच्चाहरूलाई शिक्षित गर्दै लैजाने र सजिलो ढङ्गमा शिक्षा प्रदान गर्नेमाथि जोड दिएको डीपीएससी चेयरम्यान परितोष बर्मनले थप जनाएका छन्।

याे पनि हेर्नुस्


AMAZON

Supermix 900 Watts Mixer Grinder

Sujata Supermix 900 Watts Mixer Grinder | 22000 Rotations Per Min | 90 Minutes Continuous Running | 3 Versatile Jars 1750 ml, 1000 ml and 400 ml

Buy Now

Leave a comment