रिया विश्वकर्मालाई बधाई दिन पुगे नेपाली साहित्य प्रतिष्ठान

रिया विश्वकर्मालाई बधाई दिन पुगे नेपाली साहित्य प्रतिष्ठान


दलसिंहपाडा : दलसिंहपाडा ग्राम पञ्चायत अन्तर्गत गोपाल बहादुर बस्ती निवासी राजु विश्वकर्मा (पिता) र रोमा विश्वकर्मा (माता) का छोरी रिया विश्वकर्माले यस वर्ष –२०२४ को सर्वाभारतीय स्तरको निट परिक्षा उर्तीण गरेकी छ । रिया विश्वकर्माको सफलतामा दलसिंहपाडा बासी नै हर्षीत भएको छ भने विभिन्न संघ संस्था लगायत व्यक्तिगत तौरमा बधाई र शुभकामना दिइ रहेको छ । यसै बधाई तथा शुभाकामना दिने क्रममा आज नेपाली साहित्य प्रतिष्ठान, डुवर्सका प्रतिनिधि तिनको घरमा पुगेका थिए ।

राजु विश्वकर्माका दुई छोेरी र एक छोरो छ । रिया विश्वकर्माले २०२० सालमा उच्चत्तर माध्यमिक परिक्षा उर्तीण गरेका थिए । लकडाउनको अवस्थामा तिनले कोलकोत्ता बेथनी कलेज अन्लाइन मार्फत भर्ती भएकी थिए । तर मान्छेको सपनाले ढक्ढकाएपछि मान्छे त्यतै डोरिन्दो रहेछ भने झै तिनले कलेज छोडी निट परिक्षाका निम्ति अध्ययन गर्न थाली । त्यसैको फलस्वरुप आज यो सफलता हासिल गरेकी छिन् । रिया विश्वकर्माले कोचबिहार मेडिकल कलेजमा पाँच वर्षको निम्ति एम.बि.बि.एस. मा भर्ती भएकी छ ।
नेपाली साहित्य प्रतिष्ठान, डुवर्सको पक्षमा अध्यक्ष कमल शर्मा, सचिव दुर्गा राई चामलिङ, कमल थुलुङ, ललित कोइराला, राकेश शर्मा, गौतम छेत्री, उत्तम भुजेल, प्रिन्स राई उपस्थित रहेका थिए भने अध्यक्षको बहुलीबाट रिया विश्वकर्मालाई बधाई पत्र प्रदान गरे भने उपस्थित सबैले क्रमैले खदा अर्पण गरी बधाई एवम् शुभकामना दिए ।

याे पनि हेर्नुस्


AMAZON

Women’s Rayon Blend Kurta

ANNI DESIGNER Women’s Rayon Blend Kurta with Pant 

Buy Now

Leave a comment