जि. एफ. एम. सि. काे वार्षिक सभा सम्पन्न

जि. एफ. एम. सि. काे वार्षिक सभा सम्पन्न


दलसिंहपाडा : दलसिंहपाडा रणबहादुर बस्तीस्थित खेल मैदानमा जोइन फोरेस्ट मेनेजमेन्ट कमिटी (जि.एफ.एम.सि.) को वार्षिक सभा सम्पन्न भएको थियो । सो वार्षिक सभामा जि.एफ.एम. कमिटीका विविध गतिविधिहरू माथि चर्चा परिचर्चा भयो। यसै सभामा नै कमिटीको धेरै वर्षदेखि थातिमा रहेको कमिटी पुनः गठन पनि गरे । जि.एफ. एम. सि. को कार्य अवधि तीन वर्ष रहेको र केही कारण बस् पुनः गठन हुन नसकेको आज सफल रूपमा पुन गठन भएको जानकारी गाउँका पञ्चायत सदस्य कान्छा लामाले दिए साथै दलसिंहपाडा रणबहादुर बस्तीमा दुईवटा कमिटी रहेको पनि बताए।
वन विभागको तर्फबाट वर्षेनी २४ हजार रुपियाँ बराबरको टर्च लाइट वितरण गरिन्छ साथै यस वर्ष भने वन विभागको तर्फबाट ८५ हजार रुपियाँको लागतमा खानी पानीका निम्ति वाटर पम्प बसाइदिएको कुरा आफ्नो सम्बोधनमा वनभूमि कर्माध्यक्ष बानीकान्त मोरकले राखे ।


यसै सभामा नै गाउँलेको पक्षमा एउटा ज्ञापन पत्र वनभूमि कर्माध्यक्ष कालचिनी पञ्चायत समिति, निलपाडा रेञ्जका रेञ्ज अधिकारी, कालचिनी विधानसभाका विधायक र दलसिंहपाडा ग्राम पञ्चायतका प्रधानलाई बुझाए । सो ज्ञापन पत्रमा रणबहादुर बस्तीमा धेरै घर भएको र कमिटीमा सीमित घरमात्र समावेश भएकोले गर्दा वन विभागबाट पाउने सहुलियतबाट बञ्चित रहेको र आगामी दिनमा कमिटी सबै घरलाई नै समावेश गरिनु पर्ने कुरा उल्लेख गरिएको छ ।
उक्त वार्षिक सभामा कालचिनी पञ्चायत समिति वनभूमि कर्माध्यक्ष बानीकान्त मोरक, निलपाडा रेञ्जका रेञ्ज अफिसर बाबु दास, बिट अफिसर रुपेश मोथे, दलसिंहपाडा ग्राम पञ्चायतका उप–प्रधान दिलीप थापा, रणबहादुर बस्तीका पञ्चायत समिति महेन्द्र धमला, ग्राम पञ्चायत सदस्य कान्छा लामा गाउँलेको पक्षमा कुमार गुरुङ, पुरण छेत्री, पुष्प शर्मा, केशव छेत्री, रोशन सुब्बा, बाबुल प्रधान, पुजा विश्व, पिन्स राई आदिको बाहुल उपस्थिति रहेको थियो ।

याे पनि हेर्नुस्


AMAZON

T-Shirt for Men

Lymio Men T-Shirt || T-Shirt for Men || Plain T Shirt || T-Shirt (Polo-18-21)

Buy Now

Leave a comment