निःशुल्क आँखा जाँच साथै सचेतना शिविर सम्पन्न

निःशुल्क आँखा जाँच साथै सचेतना शिविर सम्पन्न


कालचिनीः कालचिनी सहयोग फाउन्डेशनको आयोजना अनि सिलगढी ग्रेटर लायन्स आई हस्पिटलको सहयोगितामा बुधबार कालचिनी चियाबारीस्थित कमान अस्पताल परिसरमा निःशुल्क आँखा जाँच साथै सचेतना शिविर सम्पन्न भयो। कालचिनी सहयोग फाउन्डेशनको सभापति मनीष कुजूर र सचिव पवन योल्मोको आमन्त्रणमा जाँच शिविर शुरु हुन अघि कालचिनीका विशिष्ट समाजसेवी असीम पाख्रिन, वरिष्ठ रक्तदाता रञ्जित मिश्रा, ड्रग्स विरोधी अभियन्ता तथा जयगाउँ ब्लेस फाउन्डेशनका चेयरम्यान सञ्जोक दर्जीलगायत अच्छापाडा डेभलपमेन्ट यूथ क्लबका विजय थुलुङ राई अनि सदस्यहरू एवम् अन्यान्य समाजसेवीहरूको उपस्थितिमा ड्रग्स विरोधी एवम् रक्तदान साथै सामाजिक कार्यहरूमाथि सचेतना कार्यक्रम सम्पन्न भएको थियो। यता आँखा जाँच शिविरमा प्रायः १०० भन्दा अधिक आँखा रोगीहरूको जाँच चलेको र अपरेशनको निम्ति छनौट भएका रोगीहरूलाई बसको व्यवस्था गरेर सिलगढी ग्रेटर लायन्स आई हस्पिटल पठाइने पवन योल्मोले जानकारी गराउँदै शिविरमा सहभागी भएर सफलताको हात बढाउन आएका अतिथिहरू एवम् आई हस्पिटलको स्वयंसेवीका सुधा राईलगायत शिविरमा सहयोगिता गर्ने आशा कर्मीहरूलाई विशेष धन्यवाद व्यक्त गरेका छन्। आगामी दिनमा सहयोग फाउन्डेशनको पक्षबाट उपकारी कार्यहरू गर्दै लैजाने थप जानकारी पनि पवन योल्मोले दिएका छन्।

याे पनि हेर्नुस्


AMAZON

Half Sleeve Solid Casual T-Shirt

Lux Cozi Men’s Regular Fit Polo Neck Half Sleeve Solid Casual T-Shirt | Polo T-Shirt for Men

Buy Now

Leave a comment