अलिपुरद्वारको अतिरिक्त जिल्ला न्यायाधीश दोस्रो अदालतको औपचारिक रूपमा उद्घाटन

अलिपुरद्वारको अतिरिक्त जिल्ला न्यायाधीश दोस्रो अदालतको औपचारिक रूपमा उद्घाटन


अलिपुरद्वारः अलिपुरद्वार जिल्लाको पुरानो अदालत भवनको दोस्रो तल्लामा शुक्रबार बिहान अतिरिक्त जिल्ला न्यायाधीश दोस्रो अदालतको औपचारिक उद्घाटन गरियो। मूलतः यो पहल अलिपुरद्वार जिल्लाका विभिन्न अधूरा मामिलाहरूलाई द्रुत रूपमा समाधान गर्नको लागि लिइएको बताइएको छ।
कलकत्ता हाई कोर्टका मुख्य न्यायाधीश टीएस शिवाङ्गमले यस अदालतको शुक्रबार औपचारिक रूपमा उद्घाटन गरे। यस अवसरमा जिल्ला अदालतका न्यायाधीश विभूति केसाङ र अलिपुरद्वार बार एसोसिएसनका अध्यक्ष मृदुल गोस्वामीको पनि उपस्थिति रहेको थियो।
यस दिन कानून मन्त्री मलय घटक भर्चुअल उद्घाटन समारोहमा उपस्थित थिए र अलिपुरद्वारका जिल्ला मजिस्ट्रेट आर. विमला, जिल्ला पुलिस अधीक्षक वाई. रखुवंशी र विधायक सुमन कान्जिलाल सहित अलिपुरद्वारका विभिन्न अदालतका न्यायाधीश र वकिलहरूको उपस्थिति रहेको थिए।
नयाँ अदालतमा उत्तम भट्टाचार्यले न्यायाधीशको जिम्मेवारी सम्हालेका छन्। अतिरिक्त जिल्ला न्यायाधीश दोस्रो अदालतले लागुऔषध सम्बन्धी विशेष मुद्दाको सुनुवाइ गर्ने बताइएको छ।

याे पनि हेर्नुस्


Leave a comment