ढुङ्गाको देवता कथासङ्ग्रह विमोचन

ढुङ्गाको देवता कथासङ्ग्रह विमोचन


दुम्सीपाडा : मदारीहाट खण्ड अन्तर्गत दुम्सीपाडा चिया कमानमा आज आमा प्रकाशनद्वारा प्रकाशित डुवर्स नेपाली साहित्य सभाको आयोजना तथा नव जागृति सङ्घ दुम्सीपाडा तथा दुम्सीपाडा बडालाइन नेपाली प्राथमिक विद्यालयको सह आयोजनामा पचासको दशकदेखि भाषा साहित्यको निःस्वार्थ सेवा गर्दै आएका ९३ वर्षका वयोवृद्ध साहित्याकार विष्णुप्रसाद गौतमको कथासङ्ग्रह “ढुङ्गाको देवता” भव्य कार्यक्रमबीच विमोचन भयो। डुवर्स नेपाली साहित्य सभाको अध्यक्ष देवेन विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा साहित्य चोतारीको २२ औँ प्रकरण पनि सम्पन्न भयो।

प्रमुख अतिथिहरूमा क्रमैले कथाकार कृष्ण योञ्जन गडबडे, डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रबिन खवास, कार्यकारी अध्यक्ष साहित्यकार अबीर खालिङ, समालोचक रुपेश शर्मा, मिनिल्याण्ड इङग्लिस स्कुलका प्रिन्सिपल विनोद मोक्तान, दुम्सीपाडा नव जागृति सङ्घका अध्यक्ष अन्जु लोप्चन, मूलसचिव दिवस साशङ्कार, शिक्षक भिशन लामा, बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मा, निबन्धकार अजय खडका, साहित्यकार आशबहादुर गुरुङ, बाग्राकोटका वरिष्ठ शिक्षक जे बी छेत्री, समाजसेवी रुस्तम शर्मा, भजनकार जनार्दन नेपाल, कथाकार मदन खडका, कवि चन्दन भट्टराई आदिको उपस्थिति रहेको कार्यक्रमलाई शिक्षक बुद्धिमान तामाङले सञ्चालन गरेका थिए। डुवर्स नेपाली साहित्य सभाका मूलसचिव किरण उपाध्यायले स्वागत वक्तव्य राखे पश्चात कवि देवेन विश्वकर्मा तथा रेणुका तामाङले कविता वाचन गरे।

शिक्षक दिलीप शर्माद्वारा कथाकारको संक्षिप्त परिचय पश्चात प्रमुख अतिथिहरूको बाहुलीबाट कथासङ्ग्रह ” ढुङ्गाको देवता” को विधिवत विमोचन गरियो। पुस्तक प्रकाशनमा ल्याउनमा सहयोग गर्ने समाजसेवी रुस्तम राई र जनार्दन नेपाललाई आमा प्रकाशन प्रमुख किरण उपाध्यायद्वारा सम्मान जनाइयो। समालोचक रुपेश शर्माले कथाकार विष्णु प्रसाद गौतमको योगदानबारे विस्तारपूर्वक प्रकाश पारे भने कथाकार विष्णुप्रसाद गौतमले यो उमेरमा आफ्नो पहिलो कृति प्रकाशन गरिदिएकोमा प्रकाशन प्रमुख किरण उपाध्याय लगायत सबै सबै सहयोगीमा आभार प्रकट गर्दै पुस्तकबारे अब पाठक स्वयंले नै प्रतिक्रिया गर्ने जनाए। कवि विलोक शर्मा तथा गजलकार उमेश प्रधानले पनि आफ्नो रचना वाचन गरे भने नव जागृति सङ्घका अध्यक्षा अञ्जु लोप्चन तथा डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रविन खवासले पनि मुल्यवान वक्तव्य राखेका थिए। शिक्षक बिकास छेत्रीद्वारा धन्यवाद ज्ञापन गरेपछि कार्यक्रमका अध्यक्ष देवेन विश्वकर्माद्वारा अध्यक्षीय भाषण पश्चात कार्यक्रम समापन भएको जानकारी साहित्य सभाका मूलसचिव किरण उपाध्यायले दिएका छन्।

याे पनि हेर्नुस्


Leave a comment