जयगाउँ र दलसिंहपाड़ामा भव्य रूपमा फूलपाती शोभायात्रा एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न

जयगाउँ र दलसिंहपाड़ामा भव्य रूपमा फूलपाती शोभायात्रा एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न


कालचिनी : गत १० अक्टाेबरको दिन महासप्तमी अर्थात फूलपाती कार्यक्रम डुवर्सको विभिन्न ठाउँहरूमा भव्यताकोसाथ पालन गरिने क्रममा कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँ र दलसिंहपाड़ामा रमझमको साथ फूलपाती शोभायात्रा निकालिनुको साथै रङ्गरङ्ग सांस्कृतिक कार्यक्रम पनि सम्पन्न भएको थियो। यस क्रममा जयगाउँ एक र दुई नम्बर अञ्चलको संयुक्त तत्वावधानमा गोपीमोहन खेल मैदानबाट भव्य रूपमा फूलपाती शोभायात्रा निकालिएको थियो।

फूलपाती शाेभायात्रामा अष्टमातृका नृत्यकाे प्रस्तुति   

फाेटाे साैजन्य : पूजा खवास
फूलपाती शाेभायात्रामा अष्टमातृका नृत्यकाे प्रस्तुति । फाेटाे साैजन्य : पूजा खवास


उक्त शोभायात्राले जयगाउँ सहरको परिक्रमा गर्दै अन्ततः गोपीमोहन मैदानमा आएर विसर्जन गरेको थियो भने त्यसपश्चात सांस्कृतिक कार्यक्रम सम्पन्न भएको आयोजक कमिटीको पक्षबाट दुर्गा थुलुङ राई, कमल शर्मा र राजेश बराइलीले जनाएका छन्।
शोभायात्रा कार्यक्रममा मुख्य अतिथिको रूपमा जयगाउँ डेभलपमेन्ट अथोरिटीका चेयरम्यान गङ्गाप्रसाद शर्माको मुख्य उपस्थिति रहेको थियो भने शोभायात्रामा भूतपुर्व गोर्खा सैनिक सङ्गठनका सदस्यहरूको सहभागिता रहेको थियो। यसै कार्यक्रममा शोभायात्रा साथै झाँकी प्रदर्शनीमा प्रथम स्थान प्राप्त गर्ने जयगाउँ दमाई समाज, दोस्रो स्थान प्राप्त गर्ने बडा मेचे बस्ती, तेस्रो स्थान प्राप्त गर्ने भानुभक्त समाज साथै हाटखोला समाज मंगलबारेलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।

फाेटाे साैजन्य : पूजा खवास
फाेटाे साैजन्य : पूजा खवास


यसै अवसरमा दलसिंहपाड़ाकी नीट परीक्षा उत्तीर्ण विद्यार्थी रिया विश्वकर्मालाई पनि फूलपाती कार्यक्रम कमिटीको पक्षबाट सम्वर्द्धना प्रदान गरिएको थियो।अर्कोतिर दलसिंहपाड़ा नेपाली दुर्गा मण्डप पुजा कमिटीको आयोजनामा दलसिंहपाड़ामा भव्य फूलपाती शोभायात्रा निकालिएको थियो भने साँझ भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको पूजा कमिटीले जनाएका छन्।
यसरी नै उक्त दिन फूलपाती शोभायात्रा डुवर्सको नगरकट्टा, बानरहाट, बीरपाडा क्षेत्रमा पनि उत्साहको साथ निकालिएको थियो।
फूलपाती कार्यक्रम पश्चात १२ अक्टूबरको दिन विजया दशमी अर्थात दसैँको टीका विभिन्न गाउँहरूमा पालन भएको र उत्साहपूर्वक दसैँ पर्व पालन गरिएको देख्न पाइएको छ।

याे पनि हेर्नुस्


Leave a comment