राइमाटाङ चियाबारीमा नागरिक सम्मान कार्यक्रम सम्पन्न

राइमाटाङ चियाबारीमा नागरिक सम्मान कार्यक्रम सम्पन्न


कालचिनीः दुर्गा पूजाको अवसर पार्दै राइमाटाङ मजदुर संघ दुर्गा मण्डप कमिटीको आयोजनामा स्थानीय १६ जना वरिष्ठ नागरिकहरूलाई नागरिक सम्मान प्रदान गरिएको जानकारी उक्त पूजा कमिटीको पक्षबाट सुदाम लामाले दिएका छन्।
अष्टमी-नवमीको शुभ दिनमा नै पूजा कमिटीको सहयोगिता अनि युवा समाजसेवी पवन लामा योल्मोको विशेष पहलमा राइमाटाङ चियाबारीका विभिन्न सामाजिक, साहित्यिक, धार्मिक अनि अन्यान्य क्षेत्रमा आफ्नो योगदान दिँदै आइरहेको समाजसेवीहरू क्रमैले धनसिंह थापा, विनोद सुब्बा, गोपाल मोक्तान, पदम तामाङ, बन्दना मुन्डा, विक्रम लामा, विनोद तामाङ, कुलध्वज सुब्बा, देवीका दर्जी, ज्ञानमाया छेत्री, स्वरुपा राय, हरि कुजूर, सिबु तिर्की, राजकुमार भुजेल, लिलावती प्रधान र हिमालु सुब्बालाई दोसल्ला ओडाएर उक्त सम्मान पत्र प्रदान गरिएको थियो।
उक्त सम्मान कार्यक्रमको सन्दर्भमा पवन लामा योल्मोले विशेषगरी समाजको विभिन्न क्षेत्रमा आफ्नो योगदान दिँदै आइरहेको समाजसेवीहरूलाई हामीले भूल्ने गरेको र आफ्नै ठाउँको विरासतलाई बिर्सिएर बाहिरको संसारमा मात्र हामी भूलिन नहुने शिक्षा आउँदो पीढ़ीलाई दिनलाई पनि यो कार्यक्रम गरिएको जनाएका छन्। विशेषतया समाजमा आ-आफ्नो योगदान दिएर पनि ओझलमा बसेका गाउँकै अग्रजहरूलाई यो एउटा मायाको चिनो प्रदान गरिएको र यसले सभ्य अनि सुसंस्कृत समाजको योगदानमा भरथेग गर्ने विश्वास रहेको युवा समाजसेवी पवन लामा योल्मोले थप जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment