अलिपुरद्वार जिल्ला पुलिसले २१ किलोमिटर दौड आयोजना गर्ने

अलिपुरद्वार जिल्ला पुलिसले २१ किलोमिटर दौड आयोजना गर्ने


कालचिनीः अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई रघुवंशीले मंगलबार अलिपुरद्वार डुवर्सकन्यामा पत्रकार सम्मेलनको आयोजना गर्दै लागुऔषधमुक्त अथवा ड्रग्समुक्त समाज निर्माण गर्न र जिल्लाको पर्यटन क्षेत्रलाई विश्वको नक्सामा चिनाउन जिल्ला पुलिसले ऐतिहासिक दौड डुवर्स रन आयोजना गर्न लागेको जनाएको छ। आगामी १ दिसम्बरको दिन अलिपुरद्वार जिल्लाको माझेरडाबरी चियाकमानबाट सामान्य श्रेणीको २१ किलोमिटर दौड आयोजना गरिने बताइएको छ।
हरियाली अनि मनोरम चियाकमान र बक्सा टाइगर प्रोजेक्टको जङ्गलको बीचमा प्रकृतिको रमाइलो गर्दै खेलाडीले यो दौड पूरा गर्ने पत्रकार सम्मेलनमा अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक वाई. रघुवंशीले बताएका छन्। आजदेखि नै दौड प्रतियोगितामा सहभागी हुने आवेदकहरूले अनलाइन मार्फत आफ्नो नाम दर्ता गराउन सक्ने बताइएको छ। पत्रकार सम्मेलनमा अलिपुरद्वार जिल्ला शासक आर. विमला, अतिरिक्त जिल्ला पुलिस अधीक्षक असिम खान, माझेरडाबरी चियाकमानका प्रबन्धक चिन्मय धरलगायत पुलिस अधिकृतहरूको उपस्थिति रहेको थियो।

याे पनि हेर्नुस्


Leave a comment