अन्डोल्ड स्टोरिजको विमोचन

अन्डोल्ड स्टोरिजको विमोचन


सिलगढी- ढिलोगरि प्राप्त जानकारी अनुसार भारतीय नेपाली साहित्यमा अझ एउटा  थप कृति “अन्टोल्ड स्टोरिज” को गत आइतवार भव्य समारोहबीच विमोचन भयो। गत आइतवार चम्पासरी देवीडाँगा अन्तर्गत मध्य पलासबारीस्थित द फार्म हाउसमा सर्जक बिकास अनुरोध लामाको पहिलो कृति “अन्टोल्ड स्टोरिज” कवितासङ्ग्रह एक भव्य साहित्यिक समारोहबीच  विमोचन गरिएको थियो। वृत्तिले न्यायाधीश तर मनले कवि तथा लेखकको कमलो भावना तथा मन  पनि भएका सर्जक बिकास अनुरोध लामाको कविता सँगसँगै कथाहरू पनि विभिन्न पत्र-पत्रिकाहरूमा प्रकाशित भएका छन्। वरिष्ठ साहित्यकार ज्ञानेन्द्र खतिवडाको अध्यक्षतामा सम्पन्न भएको यस साहित्यिक समारोहमा मुख्य अतिथिको रुपमा नेपालबाट आएका साहित्यकार दीपक सुवेदी,विशिष्ट अतिथिको रुपमा प्रा. सुजाता रानी राई,वरिष्ठ साहित्याकार मोहन ठकुरी, लोकनाथ उपाध्याय चापागाईँ,डा साङ्मु लेप्चा, सङ्गीतकार तथा गीतकार क्रमैले पेमा लामा, गणेश थापा, पुरण गिरी,बाल साहित्याकार मुक्ति उपाध्याय तथा शिक्षिका राधिका शर्मा लगायत विभिन्न ठाउँहरूबाट आउनु भएका न्याय पैशासँग संलग्न साहित्यानुरागी, संघ संस्थाहरूका प्रतिनिधिगणहरूको उपस्थिति रहेको थियो। बबिता मादेनद्वारा सञ्चालन गरिएको यस समारोहमा अतिथिहरूको आसन तथा द्वीप प्रज्वलन पछि उद्घोषिका स्वयमले स्वागत सम्बोधन राखिन भने वरिष्ठ गायक थुप्देन भुटियाले आफ्नो मिठो गीतको प्रस्तुतिले समारोहलाई गरिमामय बनाएका थिए। कवि तथा गीतकार गणेश थापाले सर्जक बिकास अनुरोध लामाको परिचय दिए पश्चात प्रा सुजाता रानी राईले अन्डोल्ड स्टोरिजबारे आफ्नो  गहकिलो मन्तव्य प्रस्तुत गरिन्। भायोलिन वादन वसन्त शर्मा तथा परिचय पाखरिनको गीत सङ्गीत पश्चात उपस्थित  प्रमुख अतिथिहरूको बाहुलीबाट अन्टोल्ड स्टोरिजको विमोचन गरियो। कवि बिकास अनुरोध लामाले आफ्नो मन्तव्यमा सबैलाई आभार जनाए भने दिपक सुवेदीले पुस्तकमाथि समालोचकीय मन्तव्य राखेका थिए। गीत नृत्यहरू साथै सम्बर्धना पनि रहेको यस भव्य तथा सभ्य समारोहलाई अध्यक्षीय सम्बोधन तथा धन्यवाद ज्ञापन गरि सम्पन्न भएको थियो।

याे पनि हेर्नुस्


Leave a comment