पञ्चायत सदस्यद्वारा जिल्ला शासकलाई ज्ञापन

पञ्चायत सदस्यद्वारा जिल्ला शासकलाई ज्ञापन


कालचिनीः दुर्गम बक्साद्वारमा टूरिज्म फेस्टिभलमा मुख्य आतिथ्य ग्रहण गर्न पुगेकी अलिपुरद्वार जिल्ला शासक आर. विमलासँग सौहार्दपूर्ण भेटघाट गर्ने क्रममा बक्साद्वारका पञ्चायत सदस्य किन्ले बुद्धा डुक्पाले दुर्गम बक्साद्वारको ८ वटा गाउँलेहरूको पक्षमा एउटा ज्ञापन पत्र चढाएको स्वयम् पञ्चायत सदस्य किन्ले बुद्धा डुक्पाले जनाएकी छन्।
आधारभूत सुविधामा पर्ने स्वास्थ्य सेवाको निम्ति बक्साफोर्टसम्म एउटा एम्बुलेन्स सडक निर्माणको पहल गरिदिने, शीत ऋतुमा पिउने पानीको श्रोत सुकेर जाने भएकोले यसलाई दुरस्त गर्ने व्यवस्था, बक्साद्वारको ४ वटा गाउँलाई अहिलेसम्म रेभेन्यू भिलेजमा अन्तर्भुक्त नगरिएकोले यसलाई अविलम्ब रेभेन्यू भिलेजमा परिणत गर्ने, पर्यटनको भरमा टिकेको बक्सा पर्यटन क्षेत्रको पुरानो ट्रेकिङ रुटहरू पुनः सञ्चालमा ल्याउन पहल गरिदिने एवम् अन्यान्य दाबीहरू समेटेर जिल्ला शासक समक्ष ज्ञापन सुम्पिएको पञ्चायत सदस्यले थप जनाएकी छन्।

याे पनि हेर्नुस्


Leave a comment