अलिपुरद्वार लिगल सेलले मनायो संविधान दिवस

अलिपुरद्वार लिगल सेलले मनायो संविधान दिवस


कालचिनीः मङ्गगलबार अलिपुरद्वार अदालत क्षेत्रको अतिरिक्त मुख्य न्यायिक मजिस्ट्रेट अदालत भवनमा संविधान दिवस पालन गरियो। विभिन्न वकिल तथा अदालतका कर्मचारीलाई संविधानको बारेमा सचेत गराउन संविधान दिवस औपचारिक रुपमा पालन गरिएको बताइएको छ।

उक्त अवसरमा मुख्य वक्ताको रुपमा अलिपुरद्वार बार एसोसिएसनका सचिव सुहद मजुमदार रहेको थियो भने अलिपुरद्वार अदालतका मुख्य न्यायाधीश विभूति खेसाङ, जिल्ला कानूनी सेवा प्राधिकरण सचिव डलिया भट्टाचार्य र अलिपुरद्वार बार एसोसिएसनका अध्यक्ष मृदुल गोस्वामीलगायत अलिपुरद्वार अदालतका विभिन्न न्यायाधीश र वकिलहरू प्रमुख वक्ताको रूपमा उपस्थित थिए।

याे पनि हेर्नुस्


Leave a comment