सेन्ट पिटर एण्ड सेन्ट पल अङ्ग्रेजी स्कूलको तीनदिने वार्षिक उत्सव कार्यक्रम आरम्भ

तीनदिने वार्षिक उत्सव कार्यक्रम आरम्भ


मालबजार– आज माल थाना अन्तर्गत पर्ने तेसीमिलास्थित सेन्ट पिटर एण्ड सेन्ट पल अङ्ग्रेजी स्कूलको आजदेखि तीनदिने वार्षिक उत्सव कार्यक्रम आरम्भ भएकाे छ आज प्रथम दिन स्कूलका नानीहरूलाई लिएर खेलकूद कार्यक्रम सम्पन्न भएको थियो। खेलकूद कार्यक्रममा मुख्य अतिथिको रूपमा हिमालय दर्पण डुवर्स शाखाको व्युरो चिफ अतीत थापा, अतिथिको रुपमा समाजसेवी रफिकुल आलम, समाजसेवी प्रशान्त वरूवा, स्कूल संस्थापक फादर सेविस्टियन मार्टिस, प्रिन्सिपल रुमा वरुवा आदिको उपस्थिति रहेको थियो। स्कूल ग्राण्डमा नै सम्पन्न भएको खेलकूद कार्यक्रममा गारलेण्ड रेस, विस्कुट रेस, फ्रग रेस, डक रेस, २०० मिटर रेसमा नानीहरूले भाग लिएका थिए।

दाेडमा भाग लिदै नानीहरू
दाेडमा भाग लिदै नानीहरू

खेलकूद कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई मुख्य अतिथि, अतिथिहरूको बाहुलीबाट पुरस्कार पनि प्रदान गरिएको थियो। खेलकूद कार्यक्रमको सञ्चालन स्कूलको शिक्षिका प्रिया थापाले गरेकी थिइन् भने खेलकूद कार्यक्रममा स्कुलका शिक्षिका पिङ्की भगत, सङ्गीता किरो, सोनाक्षी चौधरी, रोमा कुजुर, नेहा मिञ्ज, शिक्षक राजा सिंह आदिको उपस्थिति रहेको थियो।    

याे पनि हेर्नुस्

Leave a comment