गिद्ध प्रजनन केन्द्र राजाभातखावा उल्लेखनीय गिद्ध संरक्षणमा कोसेडुङ्गा साबित

कालचिनीः बक्सा ब्याघ्र प्रकल्प पश्चिमको राजाभातखावास्थित गिद्ध प्रजनन केन्द्रमा हुर्किएको लोपोन्मुख गिद्धहरूलाई वन विभागले पालैपालो उन्मुक्त जङ्गलमा मुक्त गर्दै आइरहेको क्रममा विलुप्तिको संघारमा पुगेका व्हाइट ब्याक्ड भल्चर (गिद्ध) को पहिलो पुस्ता एफ१ अस्तित्वमा आएको बक्सा ब्याघ्र प्रकल्पले दाबी गर्दै हर्ष व्यक्त गरेका छन्। बक्सा ब्याघ्र प्रकल्पले जारी गरेको प्रेस विज्ञप्ति मार्फत विगत ३ साल अघि बक्साको खुल्ला आकासमा छाडिएको व्हाइट ब्याक्ड भल्चर (गिद्ध) ले विगत २०२३ को नोभेम्बर महीनामा जंगलको अग्लो रुखमाथि सफल रुपले गुँड बनाएको र गुँडमा अण्डाको उपस्थिति पुष्टि भएपछि निरीक्षण टोलीले सतर्कता अप्नाउँदै यसको निरीक्षण र संरक्षण गर्दै आउँदा अन्ततः उक्त अण्डाबाट व्हाइट ब्याक्ड भल्चरको चल्ला २०२४ लाग्दा निस्किएर पनि हुर्किरहेको बताइएको छ।
बचाइएको गिद्धहरूलाई कैदमा राखेर यसको प्रजातिलाई संरक्षण गर्नु र मेहनत गरे अनुसार जंगलमा छाडिएको गिद्धले प्राकृतिक वासस्थानमा पहिलो पुस्ता हुर्काउन सक्नु गिद्ध प्रजनन केन्द्र बक्सा ब्याघ्र प्रकल्पको निम्ति गिद्ध संरक्षणमा कोसेडुङ्गा साबित भएको शीर्ष अधिकारीहरूले दाबी गरेका छन्। गिद्ध प्रजनन केन्द्र राजाभातखावाले विगत ३ वर्षमा स्याटेलाइट डाटा प्रयोग गर्दै नियमित मोनिटर प्रणालीमार्फत ३१ वटा व्हाइट ब्याक्ड भल्चर जंगलमा छाडेको बक्सा ब्याघ्र प्रकल्पको अधिकारीहरूले बताउँदै छाडिएको व्हाइट ब्याक्ड भल्चरको पहिलो पुस्ता एफ१ सफलरुपमा हुर्किएर अब मुक्त आकासमा उड्न लागेको जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment