डुवर्स गोर्खा सम्मेलनको चौथौ बैठक सम्पन्न

वीरपाडा: आज वीरपाडामा डुवर्स गोर्खा सम्मेलनको चौथौ बैठक शिक्षक आकाश प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभामा पश्चिम, पूर्व अनि मध्य डुवर्सका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको व्यापक उपस्थिति रहेको थियो। सभाले डुवर्सको गोर्खाहरूको सर्वाङ्गीण विकासमाथि कार्य गर्ने सभाले पारित गरियो। सभाले सर्वसम्मतिमा डुवर्स गोर्खा संघ नयाँ संगठनको नाम पारित गरियो। उक्त संगठनको संविधान निर्माण हेतु नयाँ समिति गठन गरियो जसमा अध्यक्ष अजय मगर, सचिव आकाश प्रधान अनि संयोजक योगेश थापालाई चयन गरियो। समितिले आगामी मार्च महिनामा डुवर्स गोर्खा संघको संविधान निर्माण गरी पूर्णाङ्ग समिति तीनैवटा डुवर्सका प्रतिनिधिलाई लिएर गठन गरिनेछ भनी संयोजक योगेश थापाले बताए। शिक्षक बुद्धिमान लामा तामाङद्वारा सञ्चालन गरिएको उक्त सभामा डुवर्सका गोर्खा समुदायहरूको विभिन्न समस्याहरूलाई लिएर कार्य गर्ने साथै गोर्खाहरूको सांस्कृतिक, आर्थिक, भाषिक, राजनैतिक क्षेत्रमा संगठनले कार्य गर्ने संगठनका सचिव आकाश प्रधानले बताए।

Leave a comment