बाग्राकोट टि.जी. प्राथमिक पाठशालामा कम्प्युटर कक्ष एवं सम्बर्द्धना कार्यक्रम


बाग्राकोटः
हिजाे जलपाइगढी जिल्ला अन्तर्गत पर्ने बाग्राकोट टि.जी. प्राथमिक पाठशालामा कम्प्युटर कक्ष एवं सम्बर्द्धना कार्यक्रम भव्य रुपमा आयोजना गरियो। कार्यक्रममा डी.पी.एस.सी जलपाइगढीका चियरमेन लक्ष्यमोहन रोय, माल सर्कलको एस. आई अफ स्कुल बनश्री दास अनि खोलाचन्द फापरीका प्रधानाध्यापक कैलाश सुब्बा उपस्थिति थिए। उक्त कार्यक्रमको पूर्व शिक्षक जे.बी छेत्रीको अध्यक्षता रहेको थियो भने कार्यक्रमलाई पाठशालाका शिक्षक प्रभारी प्रशान दियालीले सन्चालन गरेका थिए।

उक्त कार्यक्रममा चियरमेन लक्ष्यमोहन रोयले कम्प्युटर कक्षको उद्घाटन गरे भने पाठशालाका पूर्व शिक्षक सुरेशकुमार खड्का लगायत पाठशाला विकास समितिका सदस्यहरूलाई पनि सम्बर्द्धना जनाइएको पाठशालाका शिक्षक प्रभारी प्रशान दियालीले जानकारी दिएका छन् । कार्यक्रममा कम्प्युटर उद्घाटन, सम्बर्द्धना लागायत विद्यार्थीहरूको गीत नृत्य नाटक, एवं मन्तव्य आदिको प्रस्तुति रहेको बताईएको छ।

याे पनि हेर्नुस्

Leave a comment