आगलागीमा एउटा दोकान र मारुति भ्यान जलेर स्वाहा

आगलागीमा एउटा दोकान र मारुति भ्यान जलेर स्वाहा


कालचिनी : कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँ गुवाबारी क्षेत्रको लामा चौपतिस्थित एउटा रासन दोकानमा आगो लाग्दा उक्त रासन दोकान र दोकान बाहिर राखेको मारुति भ्यान जलेर स्वाहा बनेको छ। प्राप्त जानकारी अनुसार, आगलागीमा स्वाहा भएको दोकान र मारुति भ्यान स्थानीय व्यावसायी श्रीनाथ गुप्ताको बताइएको छ भने सो आगलागीमा भाग्यवश कसैको ज्यानको क्षति नभएको पुलिस सुत्रले जनाएका छन्। स्थानीय बासिन्दाहरूले जनाए अनुसार उक्त दोकानमा पेट्रोल र डीजल पनि बिक्री गरिन्थ्यो। आगो दनदन्ती लागेको कारण पनि पेट्रोल र डीजलको थुप्रो नै भनि बताइएको छ।

जयगाउँ दमकल केन्द्रको एउटा इन्जिन र भोटाङबाट आएको एउटा दमकल इन्जिनले अन्ततः आगो नियन्त्रणमा ल्याउन सफल भएको बताइएको छ। उक्त दोकानको मालिकले भोटाङबाट पेट्रोल र डीजल ल्याएर ड्रममा स्टक गरेर राख्ने गरेको र यसैको व्यावसाय गर्दै आइरहेको स्थानीय बासिन्दाहरूले जनाएका छन्। आगो समयमा नै नियन्त्रणमा आएकोले अन्य घर र दोकान सुरक्षित बसेको नत्र लामा चौपति क्षेत्रमा भयङ्कर आगलागीको घटनाले गम्भीर क्षति पुऱ्याउन सक्थ्यो भन्ने स्थानीय मानिसहरूले आशङ्का व्यक्त गरेका छन्।

याे पनि हेर्नुस्


Leave a comment