एक युवकको रगतपच्छे शव उद्धार

एक युवकको रगतपच्छे शव उद्धार


अलिपुरद्वारः आइतबार साँझ करिब ७ बजे अलिपुरद्वार नगरपालिकाको आनन्दनगर इलाकामा बस्ने आनन्द कुण्डु छिमेकी साथी लिटन पाल नामका युवकसँग पूजा घुम्न घरबाट निस्केका थिए। राति करिब १०ः३० बजे कुनै अज्ञात व्यक्तिले आनन्द कुण्डुलाई जंक्सन रेलवे स्टेशन क्षेत्रमा रगतपच्छे अवस्थामा छाडेर गएको बताइएको छ भने आनन्द कुण्डुको टाउकोमा ठूलो चोट लागेको मेडिकल रिपोर्टले बताएको छ। घाइते आनन्द पाललाई बटुवाहरूले पहिले जंक्सन रेलवे अस्पताल र त्यसपछि अलिपुरद्वार जिल्ला अस्पतालमा उपचारका लागि लगेको थियो भने उपचार अवधि आनन्दको मृत्यु भएको बताइएको छ।
उता आनन्द घर नफर्केपछि परिवारले उनलाई विभिन्न ठाउँमा खोजेर पनि नपाउँदा सोमबार बिहान लिटन पालको घरमा पुगेर आनन्द अस्पतालमा रहेको थाहा लागेको थियो, जहाँ परिवारलाई आनन्दको मृत्यु भएको जानकारी प्राप्त भएको थियो।
मृतक युवकका परिवारले उनको हत्या लिटन पालले गरेको आशंका गरेका छन्। यता लिटन पाल घरबाट सुँइकुच्चा ठोकेको थाह पाएपछि घटनाबाट आक्रोशित युवकका आफन्तले लिटन पालको घरमा तोडफोड गरी घरमा आगजनी गरेको आरोपित युवकका परिवारले आरोप लगाएका छन्। खबर पाएर अलिपुरद्वार थानाको पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको थियो। अलिपुरद्वार थानाले युवकको मृत्युबारे अनुसन्धान सुरु गरेको छ भने दुर्गा पुजा पर्वका बीचमा यस्तो घटनाले क्षेत्रमा शोकको लहर छाएको छ।

याे पनि हेर्नुस्


Leave a comment