अखिल भारतीय शैक्षिक महासंघद्वारा अलिपुरद्वार जिल्ला माध्यमिक विद्यालय निरीक्षकलाई ज्ञापन

अलिपुरद्वारः अखिल भारतीय शैक्षिक महासंघको अलिपुरद्वार जिल्लाका सदस्यहरूले मंगलबार बेलुका लगभग ५ बजे अलिपुरद्वार जिल्ला माध्यमिक विद्यालय डीआई कार्यालयमा एकाधिक मागहरू समेटिएको ज्ञापन डीआई समक्ष चढाए। सङ्गठनका जिल्ला सदस्यहरूले अलिपुरद्वार जिल्ला माध्यमिक विद्यालयका इन्स्पेक्टर आशानुल करीमलाई जिल्लाका विभिन्न विद्यालयमा छात्राहरूको सुरक्षाको माग र विद्यालयमा विशाखा समितिहरू सक्रिय गर्ने मागसहित जम्मा ६ बुँदे ज्ञापनपत्र बुझाए। आरजी कर घटना र फालाकाटा मोइराडाङ्गा हाई स्कूलका विद्यार्थीलाई दुष्कर्मको घटनालाई केन्द्र गरेर कन्या छात्रीको सुरक्षामाथि प्रश्न चिन्ह तेर्सिएकोले नै स्कूलहरूमा विशाखा कमिटीलाई सक्रिय बनाउने माग अघि सारिएको बताइएको छ। सो ज्ञापन चढाउने कार्यक्रममा सङ्गठनको राज्य कमिटी सदस्य देवदित्य मण्डल, अलिपुरद्वार जिल्ला सचिव पिराज किरण, जिल्ला कोषाध्यक्ष अमल पाललगायत अन्यान्य सदस्यहरूको उपस्थिति रहेको थियो।

Leave a comment