अलिपुरद्वार रवीन्द्र मञ्च भवनमा हस्तकला प्रतियोगिता र प्रदर्शनी

अलिपुरद्वार रवीन्द्र मञ्च भवनमा हस्तकला प्रतियोगिता र प्रदर्शनी


कालचिनीः अलिपुरद्वार जिल्ला हस्तशिल्प केन्द्रले सोमबार अलिपुरद्वार शहरको रवीन्द्र मञ्च भवनमा जिल्ला हस्तकला प्रतियोगिता तथा प्रदर्शनी आयोजना गऱ्यो। मुख्यतया जिल्लाका कारीगरलाई प्रोत्साहन गर्न र कलाको गुणस्तर सुधार गर्न यो प्रतियोगिता आयोजना गरिएको बताइएको छ।
रवीन्द्र मञ्च भवनमा आजदेखि ३ दिनसम्म हस्तकला प्रदर्शनी जारी रहने बताइएको छ भने प्रतियोगितामा काठ, बेत, चित्रकला कला र धागो सामग्रीका ४ विधामा कुल १०८ वस्तुसहित ६४ जना प्रतियोगीले भाग लिएका थिए। प्रत्येक विधामा पहिलो तीन प्रतियोगीहरूले राज्य स्तरमा भाग लिनेछन्। प्रदर्शनी तथा प्रतियोगिताको पहिलो दिन उद्घाटनमा जिल्ला शासक आर.विमला र अतिरिक्त जिल्ला शासक निपेन्द्र सिंहसहित अन्य प्रशासनिक अधिकारीहरूको उपस्थिति रहेको थियो। सो प्रदर्शनीमा अलिपुरद्वार जिल्ला परिषदका सभाधिपती स्निग्धा साइबो पनि उक्त हस्तकला प्रदर्शनी हेर्न आएकी थिइन्।

याे पनि हेर्नुस्


Leave a comment