अलिपुरद्वार जिल्लाभरी जम्मा ३६५ वटा हराएको मोबाइल फोन वितरण
कालचिनी: मंगलबार अलिपुरद्वार जिल्लाको विभिन्न थानाहरू मार्फत जम्मा ३६५ वटा कुनै समयमा विभिन्न कारणले विभिन्न ठाउँहरूबाट चोरी भएको अथवा हराएको मोबाइल फोनहरू हस्तान्तरण गरिएको जानकारी अलिपुरद्वार जिल्ला अतिरिक्त पुलिस अधीक्षक असीम खानले दिएका छन्।
दुर्गा पूजा महोत्सवको अघि हराएर माया मारिसकेको मोबाइल फोनहरू फिर्ता पाउँदा मोबाइल धनीहरू हर्षित बनेका छन्।
यस क्रममा अलिपुरद्वार थानाबाट मात्र ६२ वटा मोबाइलहरू फिर्ता दिएको र कालचिनी थानबाट जम्मा १९ वटा मोबाइल फोनहरू हस्तान्तरण गरिएको छ भने अन्यान्य थानाहरू सबै मिलाएर जम्मा ३६५ वटा हराएको मोबाइल फोनहरू फिर्ता दिएको बताइ्को छ। कालचिनी थानामा थाना प्रभारी गौरव हाँसदाको बाहुलीबाट १९ जनालाई हराएको मोबाइल फोनहरु फिर्ता दिएको थियो भने अलिपुरद्वार थानामा अतिरिक्त पुलिस अधीक्षक असीम खान, महकुमा पुलिस अधिकारी श्रीनिवास एमपी, डीएसपी तापस सरकार र आईसी अनिर्बान भट्टाचार्यको उपस्थितिमा मोबाइल फोनहरू फिर्ता दिएको थियो।