अलिपुरद्वार लोकसभा केन्द्रमा तृणमूल र भाजपाले बुझाए नामाङ्कन

अलिपुरद्वार लोकसभा केन्द्रमा तृणमूल र भाजपाले नामाङ्कन गर्ने क्रममा व्यापक पुलिसबल तैनात

कालचिनी : शुक्रबार अलिपुरद्वार लोकसभा केन्द्रको तृणमूल प्रार्थी प्रकास चीक बडाइक र भाजपा प्रार्थी मनोज तिग्गाले शान्तिपूर्वक आ-आफ्नो नामाङ्कन पत्र निर्वाचन आयोग समक्ष बुझाए। नामाङ्कन पत्र जमालाई केन्द्र गरेर डुवर्स कन्या परिसरमा व्यापक पुलिसबल तैनात गरिएको थियो भने अन्य समय दुई विपक्षी दल बीच होहल्ला र उत्तेजना देखिएता पनि मंगलवार दुवै दलका समर्थकहरू शान्त बनेर नामाङ्कन पत्र जमा गर्नलाई नै जमा भएको भान भएको थियो। नामाङ्कन केन्द्रमा पुगेका तृणमूलका अलिपुरद्वार जिल्ला चेयरम्यान तथा जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा, आईएनटीटीयूसीका अलिपुरद्वार जिल्ला सभापति विनोद मिन्ज एवम् अन्यान्य समर्थक अनि नेताहरूले ममता दिदीले गरेको उन्नयनलाई अघि राखेर यो लोकसभा चुनाउमा जनता समक्ष भोट माग्ने र भाजपाका पूर्व सांसद जोन बारलाले ५ सालमा २५ करोडको रकमले एउटा चापाकलसम्म नबनेको तिनी व्यर्थ बनेको जनताले थाहा पाइसकेको तृणमूल नेताहरूले बताए।

नामाङ्कन गर्ने क्रममा व्यापक पुलिसबल तैनात
नामाङ्कन गर्ने क्रममा व्यापक पुलिसबल तैनात


विगत २०१९ को लोकसभा चुनाउमा भाजपा प्रार्थी जोन बारलाले अढाई लाख भन्दा अधिक मतले विजय भएर सांसद बनेको यसपाली पनि त्यति नै मतमा मनोज तिग्गाको जीत हुने भाजपा नेताहरूले बताए पनि तृणमूल नेताहरूले यसपाली बङ्गालमा मोदी लहरले काम नगर्ने र जनताले दिदीको विकास मड्युललाई हेरेर सोझा इमान्दार नेता प्रकास चीक बडाइकलाई अलिपुरद्वार लोकसभा केन्द्रमा विजयी तुल्याउने दाबी समेत गरेका छन्।
नामाङ्कनको पत्र आज प्रथम दिन दुई मुख्य विपक्षी तृणमूल र भाजपाका प्रार्थीद्वयले मात्र नामाङ्कन जमा गरेको निर्वाचनी कार्यालय सूत्रले जनाएका छन् भने बामपन्थी र कंग्रेस एवम् अन्यान्य निर्दलीय प्रार्थी कसैको नामाङ्कन पत्र जमा नआएको बताइएको छ।
यता बामपन्थी प्रार्थीमा भूतपूर्व अलिपुरद्वार सांसद मनोहर तिर्कीको छोरी मिली उराँवको नाम सार्वजनिक भइसकेको छ भने कंग्रेसको प्रार्थीको अहिलेसम्म नाम खुलासा भएको छैन्।

Leave a comment