एम्बुलेन्सको धक्काले दर्जनौँ घाईते, आरोपी एम्बुलेन्स चालक पक्राउ

एम्बुलेन्सको धक्काले दर्जनौँ घाईते, आरोपी एम्बुलेन्स चालक पक्राउ


अलिपुरद्वार : सोमबार दिउँसो २ बजे अलिपुरद्वार सहरको अस्पताल रोड क्षेत्रमा एकजना रक्सी सेवन गरेको एम्बुलेन्स चालकले एम्बुलेन्स लिएर अलिपुरद्वार अस्पतालबाट बाहिर निस्कने क्रमम अस्पताल रोडमा धेरैलाई ठक्कर दिँदा दर्जनौ घाइते मानिसहरू घाईते बनेको थियो।
घाईतेहरूलाई उपचारका लागि अलिपुरद्वार जिल्ला अस्पताल पठाएर अलिपुरद्वार ट्राफिक पुलिसले आरोपी एम्बुलेन्स वाहनको पछि लागेको थियो। पुलिसले बडाबजार रेलगेट क्षेत्रमा एम्बुलेन्सलाई रोक्न सफल भएको थियो भने चालकलाई समातेर चौपतिमा ब्रेथलाइजर परीक्षण गर्दा चालकले मादक पदार्थ सेवन गरेको थाह पाएर ट्राफिक पुलिसले पक्राउ गरेको थियो। चालकलाई एम्बुलेन्ससहित अलिपुरद्वार पुलिस स्टेशनमा पठाएको बताएको छ। सो घटनाले क्षेत्रमा सनसनी मच्चिएको थियो।

याे पनि हेर्नुस्


AMAZON

Hiking trekking Bag for men camping

Impulse rucksack bags 65 litres travel bag for men tourist bag for travel backpack for hiking trekking Bag for men camping Dual Color bag with 1 Year Warranty

Buy Now

Leave a comment