बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका एचएसका टपर विद्यार्थीहरूलाई संवर्धना

जिल्ला प्रशासक (डीएम) आफ्नो टोलीसहित विद्यार्थीहरूलाई संवर्धना जनाउन आज बाउमावि- बाग्राकोट आइपुगे

बाग्राकोट: बाग्राकोट उच्चतर माध्यमिक विद्यालय (बाउमावि)-का एचएसका टपर विद्यार्थीहरूलाई संवर्धना जनाउन कालेबुङका जिल्ला प्रशासक (डीएम) आफ्नो टोलीसहित आज बाउमावि-मा बिहान एसेम्बली भ्याउनेगरी आइपुगे। विद्यालय परिसरमा उनको आगमन हुँदा एसेम्बलीमा लामबद्ध विद्यार्थीहरूले करतल ध्वनिले उनलाई स्वागत जनाए। डीएमसँग कालेबुङ-१ का बीडीओ समीरूल इस्लाम पनि उपस्थित थिए। उल्लेखनीय छ, बाउमावि कालेबुङ जिल्लामै श्रेष्ठ दशमा आउन सफल भएको छ।

बाउमावि- बाग्राकोटविद्यार्थीहरूलाई सम्बाेधन गर्दै कालेबुङका जिल्ला प्रशासक (डीएम)
बाउमावि- बाग्राकोट विद्यार्थीहरूलाई सम्बाेधन गर्दै कालेबुङका जिल्ला प्रशासक (डीएम)


जिल्लापालले उच्चतर माध्यमिक (एचएस)-मा जीटीएमै छैटौँ स्थान हासिल गर्न सफल अनि बाउमावि-का टपर विद्यार्थी (कमर्स स्ट्रिम) करणकुमार शर्मालाई सम्मान जनाए। यसैगरी, विद्यालयका अन्य तीन श्रेष्ठ विद्यार्थी देव ठाकुर (८५%), प्रिया छेत्री (८४%) र अनिषा घतानी (८२%)-लाई पनि सम्मानित गरे। चारैजना श्रेष्ठ विद्यार्थीलाई जिल्लापालले खादा लाएर पुस्तक पनि उपहार दिए। जिल्लापालले चार विद्यार्थीलाई विश्वप्रसिद्ध पुस्तक ‘एटोमिक हेभिट’ उपहारस्वरूप प्रदान गरे। यसैगरी, उनले श्रेष्ठ दशमा आएका अन्य छ जना विद्यार्थी क्रमैले सबिना उराउँ (७८.८%), मर्सी मुर्मी (७३.२%), उष्णता छेत्री (७३%), प्रणिका मंगर (७३%), मुस्कान खातुन (७१%) र विशाल शाह (७०%)-लाई पनि जिल्लापालले खादा लगाएर सम्मान जनाए। आफ्नो सम्बोधनमा जिल्लापालले विद्यार्थीहरूलाई प्रेरित गर्न आफू बिहानै कालेबुङबाट बाग्राकोट आइपुगेको बताए। उनले भने,”तपाईँहरू आफ्ना सिनियर दाजु-दिदीहरूका पथ अनुसरण गर्नुहोस्। सिक्ने कामको कहिल्यै अन्त्य हुँदैन। कठोर मेहनतद्वारा नै कुनै पनि उपलब्धि हासिल गर्न सकिन्छ। यस वर्ष कालेबुङ जिल्ला पास प्रतिशतमा बंगालमै टपर (९६.२%) भएको छ। तपाईँहरूको स्कूलको प्रदर्शन पनि उत्कृष्ट (९९%) भएको छ। एचएसमा पनि कालेबुङको पास प्रतिशत बंगालमै चौथो स्थानमा आएको छ। यसको निम्ति तपाईँहरूलाई धेरै-धेरै बधाई।” जिल्लापाल सुब्रमन्यम टी.ले आफू सधैँ विद्यार्थीहरूलाई सहयोग गर्न तत्पर रहेको भरोसा दिलाए। बाउमावि-का प्रधानाध्यापक सागर शर्माले जिल्लापाल र कालेबुङका बीडीओलाई औपचारिक स्वागत जनाउँदै यसरी विद्यालयलाई महत्त्व दिएर भ्रमण गरिदिएकोमा आभार प्रकट गरे। जिल्लापालले आफ्नो टोलीका साथ विद्यालयका विभिन्न पूर्वाधारको निरीक्षण गरे अनि कमसल र जीर्ण पूर्वाधार देखेर चिन्ता प्रकट गरे। पछि प्रधानाध्यापकको कक्षमा पत्रकारहरूसँग छोटो कुराकानी गर्दै उनले विद्यालयमा भ्रमणको उद्देश्यबारे प्रकाश पारे। विद्यार्थीहरूमा उत्साह र मनोबल बढाउन आफू यहाँ आएको जिल्लापालले बताए।

बाउमावि- बाग्राकोट विद्यार्थीहरू
बाउमावि- बाग्राकोट विद्यार्थीहरू


विद्यालयका जीर्ण पूर्वाधारहरू देखेर खिन्न भएका जिल्लापालले उनीसँगै आएका कावेबुङ ब्लक-१ का बीडीओ समीरूल इस्लामलाई विभिन्न हेडबाट कोष आवण्टित गरेर प्राथमिकताका आधारका केही काम तत्काल गर्न निर्देशन दिएका छन्। विद्यालयमा मजबुत पूर्वाधार र दीर्घम्यादी भवन निर्माणका लागि ठूलो बजेटको आवश्यकता डीएमले पनि महसुस गरे। यद्यपि केही समस्या बर्खा लाग्नअघि नै निब्ट्याउन आवश्यक रहेको कुरामा जोड़ दिँदै भवनहरूको मरम्मति, कतिपय पुराना छानाहरू तत्कालै फेर्न अनि केही मरम्मति कार्य अहिले नै गरिहाल्न उनले बीडीओलाई निर्देश दिए। यसैगरी, आठ कोठे निर्माणाधीन भवनमा आवश्यक फर्निचर र डेस्क-बेञ्चको व्यवस्था पनि आफूले गरिदिने जिल्लापालले आश्वासन दिएको प्रधानाध्यापक सागर शर्माले जानकारी गराएका छन्। जिल्लापालसँगको टोलीमा पञ्चायतका एक्सटेन्सन अफिसर निर्मल तामाङ, जिल्ला पञ्चायत सचिव अर्पण मुखियालगायत पनि सम्मिलित रहेका थिए।

याे पनि हेर्नुस्

Amazon

CrossBeats Newly Launched Intenz True Wireless TWS in-Ear Earbuds

CrossBeats Newly Launched Intenz True Wireless TWS in-Ear Earbuds, Upto 100H Playtime, 13mm Titanium Drivers, Slimmest Buds with Advanced AI ENC 4-Mics, Low Latency Gaming, Type-C Fast Charging,BT 5.3

Buy now

Leave a comment