बाग्राकोट- राज्य सरकारले घोषणा गरेको बोनस साथै वकाया वेतन चॉंडै दिनुपर्ने माग गर्दै आज विभिन्न श्रमिक सङ्गठनहरूले बाग्राकोट चियाबारीमा गेट मिटिङ गरे। आजको गेट मिटिङलाई निर्मल शर्मा,सतराम कुजुर,पवन प्रधान,लोरेनतुस लाकड़ा, सन्तोषी छेत्री आदिले सम्बोधन गरेका थिए।
श्रमिक नेता पवन प्रधानले भने,पुजा आउन अब केही दिन मात्र रहेको छ। यसैले चॉंडोभन्दा चॉंडो पुजा बोनस दिनुपर्ने छ।
