बरुणकुमार छेत्री एम.बि.बि.एस

बरुणकुमार छेत्री एम.बि.बि.एस


वीरपाडाः वीरपाडा ग्राम पञ्चायत अन्तर्गत लोअर बिरबिट्टी वीरपाडा निवासी पिता बिनोद छेत्री अनि माता निर्मला छेत्रीका छोरा बरुणकुमार छेत्रीले यस वर्ष – २०२४ को सर्वभारतीय स्तरको निट परीक्षा उर्तीण गरेका छन् । वरुणकुमार छेत्रीको सफलतामा वीरपाडा क्षेत्रका मानिसहरू धेरै खुशी छन् । आज तिनको सफलता खुशी प्रकट गर्दै हाम्रो समाज तथा चन्द्रवीर प्रधान ग्रामीण जन पुस्तकालय संस्थाले उनकै घरमा गई बधाई र शुभकामना दिएका छन्।


बिनोद छेत्रीका छोरा बरुणकुमार छेत्रीले २०२४ सालमा निट परीक्षा उत्तीर्ण गरेका छन्। तिनले निट परीक्षामा सर्व भारतीय ऱ्याङ ७१८६ अनि जेनेरल वर्गमा ३३७२ ऱ्याङ ल्याउन सफल बनेका छन् । वरुण कुमार छेत्रीले नीलरत्न मेडिकल कलेजमा पाँच वर्षको निम्ति एम.बि.बि.एस. मा भर्ती भएको छ । हाम्रो समाजको पक्षमा उपाध्यक्ष बुद्धिमान लामा तामाङ , संस्थापक लक्षुमन लिम्बु, सन्तोष राई, प्रताप सुब्बा अनि विज्ञान सुब्बा, उपस्थित रहेका थिए भने उपाध्यक्ष बुद्धिमान लामा तामाङ अनि संस्थापक लक्षुमन लिम्बुको बहुलीबाट बरुणकुमार छेत्रीलाई बधाई पत्र प्रदान गरे भने उपस्थित सबैले क्रमैले खदा अर्पण गरी बधाई एवम् शुभकामना दिए ।

याे पनि हेर्नुस्


AMAZON

Women’s Cotton Blend Straight Kurti

Maurya Women’s Solid A line Cotton Blend Straight Kurti for Women Regular Calf Length Kurta (MKT GP 40)

Buy Now

Leave a comment