वेतन नपाएकोमा मधु चियाबारीका श्रमिकहरूले गरे पथावरोध

कालचिनीः कालचिनी खण्डको बन्द मधु चियाबारीका श्रमिकहरूले बिहीबार बिहान ३ महीना वेतन कमान प्रबन्धनपक्षले नदिएकोले कालचिनी-हाँसीमारा राज्य सडक अवरोध गरेको थियो। लगभग ५ महीनाको वेतन आजसम्म कमान प्रबन्धनपक्षले भुगतान नगरेको भन्दै कमानको काम बहिष्कार गर्दै श्रमिकहरू सडकमा ओर्लिएको थियो।
प्रायः ३ घन्टा जति सडक अवरोध गर्दा कालचिनी, हाँसीमारा र जयगाउँगामी वाहनहरूको जाम सडकमा लागेको थियो भने घटना सुनेर सबै राजनैतिक नेताहरू पुगेर श्रमिकहरूलाई सम्झाई बुझाई गर्ने कोशिश गरे तापनि श्रमिकहरूले सडक खोल्न नमान्दा अन्ततः कालचिनीका ज्वाइन्ट बीडीओ पुगेर वेतन भुगतान गर्न प्रबन्धनपक्ष राजी भएको र एक दुई दिनभित्र वेतन दिइने आश्वासन पाउँदा मात्र श्रमिकहरूले सडक अवरोध हटाएको थियो।

Leave a comment