विभिन्न पूजा कमिटीहरूसँग नगरपालिका हलमा पुलिस प्रशासनको बैठक

विभिन्न पूजा कमिटीहरूसँग नगरपालिका हलमा पुलिस प्रशासनको बैठक


कालचिनीः आगामी दुर्गा पूजा महोत्सव शुरु हुन अब मात्र केही दिन बाँकी छ भने अलिपुरद्वार जिल्लामा पनि विभिन्न पूजा कमिटीले पूजाको तयारी सुरु गरेका छन्। यसैलाई मध्यनजर गर्दै शुक्रबार विभिन्न पूजा कमिटीहरूलाई लिएर अलिपुरद्वार नगरपालिकाको प्रेक्षागृहमा पुलिस प्रशासनले एउटा सभाको आयोजना गऱ्यो। मूलतः पूजा आयोजना गर्दा सुरक्षालाई विशेष महत्व दिनलाई पुलिस अधिकारीहरूले पूजा कमिटीहरूलाई सीसीटीभीदेखि सुरक्षा गार्डसम्म विभिन्न विषयमा सल्लाह दिए।


साथै पूजाको समयमा ट्राफिक जाम हुन नदिन पूजा कमिटीलाई विशेष निर्देशन दिइएको छ। यस बैठकमा अलिपुरद्वार डिभिजनल पुलिस अधिकारी श्रीनिवास एमपी, ट्राफिक डीएसपी शान्तनु तरफदार र अलिपुरद्वार नगरपालिका चेयरम्यान प्रसेनजीत करसहित अन्य अधिकारीहरू र वार्ड काउन्सिलरहरू उपस्थित रहेको थियो।

याे पनि हेर्नुस्


AMAZON

Bag for men camping Dual Color bag

Impulse rucksack bags 65 litres travel bag for men tourist bag for travel backpack for hiking trekking Bag for men camping Dual Color bag with 1 Year Warranty

Buy Now

Leave a comment