भानुभक्त समाजद्वारा २११ औँ भानु जयन्ती कार्यक्रम सम्पन्न
जयगाउँ : आदिकवि भानुभक्त आचार्यको २११औँ जन्मजयन्ती भानुभक्त समाजको तत्वावधानमा तथा भानुभक्त सालिक व्यवस्था समितिको आयोजनामा आज भव्य रूपमा सम्पन्न गरिएको थियो। कार्यक्रम बिहान ९ बजेबाट जयगाउँ २ नम्बर ग्रामपञ्च स्थित स्थित भानुभक्त सालिक परिसरमा सुरु भएको थियो।
कार्यक्रममा जयगाउँ समाज कल्याण संघका सभापति श्री जीवन गुरुङ, मूल सचिव श्री पेमा रोइका, श्री आर. बी. प्रधान, श्री तिलकबहादुर कटुवाल, समाजसेवी जङ्गबहादुर लामा, शिदीमान राई मेमोरियल ग्राउन्ड कमिटीका सभापति श्री सुधीर मोक्तान, सचिव श्री किशोर शर्मा, श्री आसबीर तामाङ तथा अन्य प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा भुटानबाट आमन्त्रित वरिष्ठ साहित्यकार श्री लक्ष्मी दास शर्माले कविता वाचन गरेका थिए। तिनलाई भानुभक्त समाजले सम्मानपत्र, अंगवस्त्र र ढाका टोपी प्रदान गरी सम्मान गरेको थियो।

त्यसैगरी छोटा मेचे बस्तीका समाजसेवी ठुले खड्का क्षेत्री, वेदव्यास नेपाली हाई स्कुल तथा चेरिटेबल ट्रस्टका मूल सचिव गणेशबहादुर प्रधान, देवकोटा समाजका बद्री प्रधान, सपन क्षेत्री, प्रदीप थापा आदिको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भ सालिकमा धूप, दीप र माला अर्पण गरी गरिएको थियो। त्यसपछि पण्डित राजु नेपालले रामायण पाठ गरेका थिए। समाजका उपाध्यक्ष प्रेम शर्माले आदिकवि भानुभक्त आचार्यको जीवनीबारे जानकारी प्रस्तुत गरे।
कार्यक्रममा भानुभक्त विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा कविता वाचन प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन भानुभक्त समाजका मूल सचिव सुरज रोकाले गरेका थिए। यस अवसरमा भानुभक्त स्कुलका शिक्षक, शिक्षिका, विद्यार्थी तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। विशेष रूपमा सोनम लामा, अञ्जु लामा, रिना सुब्बा, सुधा प्रधान, बिनिता प्रधान, सिसम थामी, प्रदीप प्रधान तथा अरुणा त्रिखत्रीको विशेष भूमिका रहेको थियो।
याे पनि हेर्नुस्
