भारत स्काउट्स एण्ड गाइड्स, अलिपुरद्वार जिल्लाको पहलमा ट्यालेन्ट हन्ट परीक्षा औ गभर्नर पुरस्कार विजेताहरूलाई सम्मान
कालचिनी: बुधबार गान्धी जयन्ती र लालबहादुर शास्त्रीको एकसाथ जन्मदिनलाई पालन गर्दै भारत स्काउट्स एण्ड गाइड्स अलिपुरद्वार जिल्ला यूनिटको पहलमा कालचिनी हिन्दी हाइस्कूलमा प्रायः २७२ जना कक्षा १० माथिका विद्यार्थीहरूलाई समेटेर ट्यालेन्ट हन्ट परीक्षा सम्पन्न गर्नको साथै स्काउट्स एण्ड गाइड्सको अनिशासन मार्चसितै सफाई अभियान सम्पन्न भयो।
सोही अवसरमा यसै वर्ष कलकत्तामा सम्पन्न राज्यस्तरीय स्काउट्स एण्ड गाइड्स शिविरमा भारत स्काउट्स एण्ड गाइड्स अलिपुरद्वार जिल्लाको ११ जना स्काउट्स र गाइड्सले गभर्नर पुरस्कार ख़ाद्य मन्त्री रथीन घोषको बाहुलीबाट प्राप्त गरेर आएकोमा उनीहरूलाई भारत स्काउट्स एण्ड गाइड्स अलिपुरद्वार जिल्लाको कमिश्नर बसन्त कुमार छेत्री, जिल्ला सचिव एसएन तिवारी, भारत स्काउट्स एण्ड गाइड्स एयरविङ्ग्सका प्रभारी घनश्याम उराँव, चेयरम्यान डा. कमल कुजूरको बाहुलीबाट खदा पहिराएर सम्मान जनाइएको थियो।