भारी मात्रामा अवैद्य लागु पदार्थसहित दुईजना पक्राउ

कालचिनीः कालचिनी थानाको पुलिसबल र स्पेशल अपरेशन ग्रुपले शुक्रबार विहान ३१सी राष्ट्रिय राजमार्ग संलग्न निमती दोमोहनी चौपति क्षेत्रबाट दुईजना कोचबिहार जिल्लाको तुफानगञ्ज थाना अन्तर्गत पर्ने नाटाबारी निवासी अनुप पाल (४२) र मोजिरुल मीयाँ उमेर ३९ लाई भारी मात्रामा अवैद्य नशालु ट्याबलेट र कफ सीरपसहित पक्राउ गरेको कालचिनी थाना प्रभारी गौरव हाँसदाले जनाएका छन्।
जफत गरिएको अवैद्य नशालु औषधिहरू ८९०० पीस क्याप्सुल र १५० बोतल कफ सीरप रहेको बताइएको छ। जफत गरिएको अवैद्य नशालु औषधिहरूलाई कालचिनी बीडीओ, एसडीपीओ र सीआईको उपस्थितिमा एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरिएपछि आरोपी दुवैलाई अलिपुरद्वार जिल्ला अदालतमा पठाएको बताइएको छ। लोकसभा चुनाउअघि पुलिसले लगातार गैरकानूनी क्रियाकलाप विरुद्ध अभियान चलाइरहेको क्रममा यो सफलता प्राप्त गरेको पुलिस सुत्रले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment