बून इङ्गलिस स्कूलमा एनसीसी कक्षाको उद्घाटनसँगै नीट परीक्षा उत्तीर्ण विद्यार्थीलाई सम्वर्द्धना

बून इङ्गलिस स्कूलमा एनसीसीको कक्षा उद्घाटनसँगै नीट परीक्षा उत्तीर्ण मुस्कान लामा र अनमोल लामालाई सम्वर्द्धना


कालचिनी : कालचिनी हेमिल्टनगञ्जस्थित आईसीएसई तथा आईएससी अनुमोदित स्कूल बून इङ्गलिस स्कूलमा एनसीसी सुरु भएको जानकारी स्कूलका चेयरम्यान तथा निर्देशक पवन कुमार सिंह झाँले दिएका छन्। बुधबार स्कूलमा एनसीसीको ७ बङ्गाल गर्ल्स बटालियनको सीओ एनके सिंहको प्रमुख उपस्थितिमा एनसीसीको महत्त्व र यसको कार्यमाथि प्रोजेक्टर मार्फत स्कूलका विद्यार्थी औ अभिभावकहरूलाई विस्तृत जानकारी दिएको थियो।


सो अवसरमा स्कूलका चेयरम्यान तथा निर्देशक पवन कुमार सिंह झाँले एनसीसीका सीओ र तिनको सहयोगीहरूलाई फूलको गुच्छा र खदा पहिराएर स्वागत जनाएको थियो। यसैबीच बून इङ्गलिस स्कूलको भूतपूर्व छात्रा तथा हालै नीट यूजीमा उत्तीर्ण भएका अनमोल लामा र मुस्कान लामालाई सम्वर्द्धना प्रदान गरिएको थियो।


स्कूलमा एनसीसीको पहल र एनसीसीको महत्त्वबारे स्कूलका चेयरम्यान तथा निर्देशक पवन कुमार सिंह झाँले स्कूलमा जतिसक्दो विद्यार्थीहरूको सर्वाङ्गीण विकास होस् भन्ने ध्येय राखेर आधारभूत संरचनाको काम भइरहेको र विद्यार्थीको ५ भन्दा अधिक ब्याचले विभिन्न क्षेत्रमा नाम राख्दै आइरहेको र यस क्रममा यहाँको विद्यार्थीहरूले गत वर्ष पनि नीट यूजीमा उत्तीर्ण गरेको र यसपाली पनि भूतपूर्व छात्रा अनमोल लामा र मुस्कान लामा दुवैले नीट यूजीमा उत्तीर्ण भएकाले उनीहरू र अभिभावकलाई बोलाएर स्कूलको पक्षबाट सम्मान तथा शुभकामना दिएको अनि गर्ल्स स्टुडेन्टहरूको लागि एनसीसी पनि चालू गरिएको जनाएका छन्। एनसीसीको बंगाल ७ गर्ल्स बटालियनको सीओ एनके सिंहले कतिपय सरकारी स्कूलहरूमा एनसीसी चालू रहेको तर निजी स्कूलमा यो प्रथमपल्ट एनसीसी कक्षा शुरु गर्न लागेको र पछि यसलाई अपग्रेड गरेर लगिने जनाएका छन्। तिनले बून इङ्गलिस स्कूलको विद्यार्थीहरू सबै सक्रिय रहेकोले एनसीसी मौलाउने आशा गरिएको जनाएका छन्।

याे पनि हेर्नुस्


AMAZON

Women’s Georgette Saree

AKHILAM Women’s Georgette Zari Woven Design Kanjeevaram Saree With Unstitched Blouse Piece

Buy Now

Leave a comment