दलसिंहपाडा ग्राम पञ्चायतमा तृणमूल कांग्रेसको नयाँ नेतृत्व चयन

दलसिंहपाडा ग्राम पञ्चायतमा तृणमूल कांग्रेसको नयाँ नेतृत्व चयन : कान्छा लामा, अञ्चल चेयरमेन र परशुराम शर्मा अञ्चल सभापति

दलसिंहपाडा : दलसिंहपाडा ग्राम पञ्चायत क्षेत्रमा तृणमूल कांग्रेस (टीएमसी) ले नयाँ नेतृत्व चयन गरेको छ। पार्टीको बैठकले कान्छा लामालाई अञ्चल चेयरमेन र परशुराम शर्मालाई अञ्चल सभापति पदमा सर्वसम्मत रूपमा चयन गरेको हो। स्थानीय कार्यकर्ता तथा समर्थकहरूले यो निर्णयलाई सङ्गठन सुदृढीकरण र पार्टीको भविष्यप्रति महत्त्वपूर्ण कदमका रूपमा लिएका छन्। उनीहरूले नवनिर्वाचित अध्यक्षहरूलाई बधाई दिँदै गाउँको समग्र विकास, जनसमस्याको समाधान र सङ्गठनलाई सबल बनाउन उनीहरूले सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका छन्।
पार्टीका वरिष्ठ नेताहरूले पनि लामो समयदेखि सङ्गठनप्रति समर्पित दुवै नेताको योगदानलाई स्मरण गर्दै उनीहरूको नेतृत्वमा दलसिंहपाडा क्षेत्रमा टीएमसी अझ सशक्त, जनमुखी र गतिशील बन्ने विश्वास व्यक्त गरेका छन्।

याे पनि हेर्नुस्


Leave a comment