दलसिंहपाडा कस्तुरबा महिला संघद्वारा सेनिटरी प्याड वितरण


दलसिंहपाडा : दलसिंहपाडा ग्राम पञ्चायत अन्तर्गत दलसिंहपाडा कस्तुरबा महिला संघ साथै हिमाली फाउन्डेसन रणबहादुर बस्ती दलसिंहपाडाको आयोजनमा कस्तुरबा क्लबमा महिला यौन सुरक्षा सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रममा दलसिंहपाडा क्षेत्रका सेल्फहेल्प ग्रुपका महिलाहरू उपस्थित थिए। उक्त जनचेतना कार्यक्रममा २५० महिलाहरूलाई सेनिटरी प्याड वितरण गरियो। यस जनचेतना कार्यक्रमलाई कालेबुङबाट विश्वरत्न राई, मिसेस राई जयगाउँबाट जेनिस राईको विशेष सहयोग रहेको थियो भने यस कार्यक्रममा दलसिंहपाडा कस्तुरबा महिला संघकी अध्यक्ष गीता रोका, सचिव शोभा सुब्बा, कस्तुरबा महिला संघका एस.सि. बुनिता लामा उपस्थित रहेका थिए भने महिला संघका अन्य सदस्यहरूको पनि भारी मात्रमा उपस्थिति रहेको थियो।


दलसिंहपाडा कस्तुरबा महिला संघ र हिमाली फाउन्डेसनले दलसिंहपाडा क्षेत्रमा रहेका महिला दिदीबहिनीहरूलाई आवश्यक सामग्री उपलब्ध गराउनेछौँ साथै आगामी दिनहरूमा पनि यस क्षेत्रमा रहेका बन्द चिया बगानहरूमा गई महिला दिदीबहिनीहरूलाई यस्तै प्रकारका साथ सहयोग प्रदान गर्नेछौं भनी दलसिंहपाडा कस्तुरबा महिला संघकी सचिव शोभा सुब्बाले जानकारी गराए।

याे पनि हेर्नुस्


Leave a comment