दलसिंहपाडामा वल्ड ह्यूमिन्टेरियन डे पालन

दलसिंहपाडामा वल्ड ह्यूमिन्टेरियन डे पालन


दलसिंहपाडा : दलसिंहपाडा कस्तुर्ब महिला संघ तथा फ्यमेली प्लानिङ एसोसिएसन अफ इन्डियाको संयुक्त आयोजनमा दलसिंहपाडास्थित कस्तुर्ब क्लबमा नारी स्वास्थ्य सम्बन्धित जनचेतना कार्यक्रम सम्पन्न गरेका थिए । उक्त जनचेतना कार्यक्रममा एफ. पि.ए. अफ इन्डियाका चियरम्येन डा. तुसर चक्रबर्ती र डा. चन्द दत्त चक्रबर्तीले महिला स्वास्थ्य सम्बन्धी विभिन्न जानकारी गराए भने यसै कार्यक्रममा वल्ड ह्यूमिन्टेरियन अर्थात विश्व मानवीय दिवस पालन गरे । विश्व मानवीय दिवस १९ अगस्तमा रहेको तर केही करणबस त्यस दिन पालन गर्न नसकेकोले गर्दा आज मनाएको जानकारी चियरम्येन डा तुसर चक्रबर्ती गराए । हामी महिलामा विभिन्न प्रकारको यौनजन्य रोग हुनका साथै हामी विभिन्न प्रकारको हिंसाहरूमा परेको हुन्छौँ । कति जानेर र कनि अन्जनमा यस्ता प्रकारको रोग र हिंसामा परेका हुन्छौँ । यसैबाट बाच्न आज महिलाहरु सक्षम हुनुपर्छ भन्ने विषयमा डा. चन्द दत्त चक्रबर्तीले आफ्नो सम्बोधनमा राखे ।


दलसिंहपाडा कस्तुर्ब महिला संघमा आज हामी तीन हजार सात सय महिलाहरू छौँ । यसै संघको सत्प्रयासमा आज हामीले हाम्रा महिला दिदी बहिनीहरूलाई यौन शिक्षा सम्बन्धी सचेतना गर्न सफ भएका छौँ भनि कस्तुर्ब महिला संघका सचिव शोभा सुब्बाले जनाए भने हामी यसै संघ मार्फत हाम्रो महिला दिदी बहिनीहरूलाई विभिन्न प्रकार स्वरोजगारमूलक तलिमहरू प्नि दिदै आएको कुरा संघका अक्ष्यक्ष गीता छेत्री जानकारी गराए । शोभा सुब्बाद्वारा सञ्चालित कार्यक्रममा अध्यक्ष गीता छेत्री, कोषाध्यक्ष गायित्री थापा, रिता सन्यासी, बिमला राई, बिना राणा, रुना राई, एस. सि. बुनिता लामा, सि. एस. पि. पुर्णिमा गुरुङ, अमृता कार्की, लइला खातुन लगायत दुई सय भन्दा बढी महिलाहरूको उपस्थिति रहेको थियो ।

याे पनि हेर्नुस्


Leave a comment